27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeअन्तरराष्ट्रियविश्वव्यापीरुपमा आतंकको रुपधारण लिदैआएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५४ हजार...

विश्वव्यापीरुपमा आतंकको रुपधारण लिदैआएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५४ हजार नाघ्यो/संक्रमितको संख्या भने१० लाख ३०हजारभन्दा माथि

चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण यो समाचार तयार पार्दासम्म विश्वभर ५४ हजार भन्दा बढीको मृत्यु भएको छ भने १० लाख ३० हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।सुरुमा चीनको हुबेइ प्रान्तमा सीमित रहेको कोरोना भाइरस अहिले(कोभिड–१९)को महामारी विश्वव्यापी रुपमा फैलिएको छ।युरोप तथा अमेरिकामा अहिले कोरोना भाइरस संक्रमणको इपिसेन्टर नै बनेको छ ।गत डिसेम्बर देखि पहिलोपटक सुरु भएको कोरोना भाइरसको संक्रमण करिब साँढे ३ महिनाभित्रमा विश्वभर अहिलेसम्म ५४ हजार २ सय २९ जना मानिसको मृत्यु भएको छ भने १० लाख ३० हजार ६३ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ ।अहिलेसम्म २ लाख २० हजार ३ जनामा भने संक्रमण निको भएका छन्। नेपालमा भने अहिलेसम्म संक्रमितको संख्या ६ जनामा मात्र पुष्टि भएको छ भने त्यसमध्य १ जनालाई निको भइसकेको छ।

पछिल्लो केही हप्तादेखि अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा विस्तार भइरहेको छ।पछिल्लो २४ घण्टामा अमेरिकामा ९ सय ६० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ६२ पुगेको छ । संक्रमितको संख्या भने अमेरिकामा २ लाख ४४ हजार ३सय २० पुगेको छ,यसमा पछिल्लो २४ घण्टामा २९ हजार ३सय १७ जना थपिएका छन् ।त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या ९सय ६१ जना थपिएसंगै १० हजार नाघेको छ । स्पेनमा कुल मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ । स्पेनमा कुल संक्रमित हुनेको संख्या १ लाख १२ हजार ६५ रहेको छ,यसमा पछिल्लो २४ घघण्टामा सात हजार ९सय४७ संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा नयाँ संक्रमितको संख्या केही कम भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ६सय ६८ संक्रमित थपिएपछि इटालीमा कुल संक्रमितको संख्या १ लाख १५ हजार २४२ पुगेको छ । थप ७सय ६० जनाको मृत्यु भएपछि इटालीमा कुल ज्यान गुमाउनेको संख्या भने १३ हजार ९सय १५ पुगको छ ।केही दिनदेखि संक्रमित नदेखिएको चीनमा पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित फेला परेका छन् । थप ६ जनाको मृत्यु पनि भएको छ।चीनमा अहिलेसम्म कुल संक्रमितको संख्या ८१ हजार ५सय ८९ छ भने मृत्यु हुनेको संख्या ३३ सय १८ पुगेको छ । जर्मनीमा कुल संक्रमितको संख्या८४ हजार ७सय ९४ छ भने मृत्यु हुनेको संख्या भने११ सय ठ पुगेको छ।यसैगरी फ्रान्समा संक्रमितको संख्या ५९ हजार १सय ५ छ भने मृत्यु हुने संख्या ५ हजार ३सय ८७ पुगेको छ।त्यस्तै इरानमा संक्रमितको संख्या ५० हजार ४सय ६८ छ भने मृत्यु हुनेको संख्या ३१ सय ६० पुगेको छ।त्यसै गरि बेलायतमा संक्रमितको संख्या ३३ हजार ७ सय १८ छ भने मृत्यु हुनेको संख्या २९ सय २१ पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments