29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeअन्तरराष्ट्रियविश्वव्यापीरुपमा आतंक मच्चाउदै आएको को'रोना भाइरस बाट मृत्यु हुनेको संख्या १लाख १४...

विश्वव्यापीरुपमा आतंक मच्चाउदै आएको को’रोना भाइरस बाट मृत्यु हुनेको संख्या १लाख १४ हजारनाघ्यो/संक्रमितको संख्याभने १८लाख ५३ हजार भन्दामाथि..

काठमाण्डौं-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ५७ पुगेको छ। त्यस्तै संक्रमितको संख्या भने १८ लाख ५३ हजार ५ सय ५ जना रहेका छन्।४ लाख २३ हजार ७ सय २८ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। सबै भन्दा बढी प्रभावित अमेरिकामा ५ लाख ६० हजार जना भन्दा बढी संक्रमित भएका छन्।त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार १ सय नाघेको छ।अमेरिकामा संक्रमितमध्ये ३२ हजारमात्र निको भएका छन्।यसअघि बढी मृत्यु हुनेमा इटाली अगाडि थियो।इटालीमा १९ हजार ८ सय ९९जनाको ज्यान गएको छ।इटालीमा एक लाख ५६ हजारभन्दा बढी संक्रमित भएका छन् भने ती मध्ये ३४ हजारलाई निको भएको छ।हालसम्म स्पेनमा १७ हजार २ सय र फ्रान्समा १४ हजार ४ सयभन्दा बढीको ज्यान गएको छ।बेलायतमा पनि १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ।त्यसैगरी जर्मनीमा ३ हजार २२,नेदरल्याण्डमा २ हजार ७ सय र बेल्जियममा ३ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट ४ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ।त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ५ हजार २ सय ३० पुगेको छ।त्यहाँ अहिलेसम्म ९१ जनाले ज्यान गुमाएका छन्। नेपालमा जम्मा १४ जना संक्रमित छन् भने १ जना निको भएर घर फर्किसकेको छ।

टर्कीमा कोरोनाको अवस्था:

कोरोना भाइरस रोकथामका लागि प्रभावकारी काम गर्न नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन्।गृहमन्त्री सुलेमान राष्ट्रपति रेजेप तैयप एर्डोगानका नजिकका नेता मानिन्छन्।कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्वयन गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्।टर्कीका सबै ३१ वटा शहरमा लकडाउनको घोषणा गरिएपनि मानिसहरुले त्यसको पालना गरेका छैनन्। अचानक कफ्र्यू लगाइएको भन्दै विपक्षी नेताले समेत सरकारको आलोचना गरेका छन।सरकारले खाद्यान्न लगायतका सामग्री घरमै आपूर्ति गर्ने घोषणा गरेपनि मानिसहरु दैनिक उपभोग्य सामग्री पाइने पसलमा पुगेका थिए।लकडाउन पुर्ण कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना सुरु भएपछि गृहमन्त्री सुलेमानले सो परिस्थितिको जिम्मेबार आफू रहेको बताउँदै ट्विटरबाटै राजीनामाको घोाषणा गरेका हुन्।नागरिकको सुरक्षा र संक्रमण रोक्नका लागि कदम चालेपनि त्यसको पालना नभएको सुलेमानीको भनाइ छ।राष्ट्रपति एड्रोगानले गृहमन्त्रीको राजीनामा स्वीकार गरेका छैनन्।उनले सुलेमान आफ्नो पदमा रहिरहने पनि बताएका छन्।

भारतमा कोरोनाको अवस्था:

भारतमा कारोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ।तीन साता लामो लकडाउन घोषणा गरेपनि संक्रमण रोकिन सकेको छैन।आइतबार एकै दिन भारतमा ४३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ।आइतबार एकै दिन त्यहाँ ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन। भारतमा हालसम्म ९ हजार २ सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मृत्यु हुनेको संख्या ३ सय ३१ पुगेको छ।संक्रमण नियन्त्रणमा नआएपछि भारत सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको छ।भारतीय प्रधानमन्त्री मोदीले सम्भवत आज दोस्रो चरणको लकडाउन घोषणा गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन।भारतमा संक्रमण बढेपछि नेपालतर्फका सीमामा पनि थप कडाइ गरिएको छ।

अमेरिकामा कोरोनाको अवस्था:

अमेरिकी सरकारका एकजना विज्ञले समयमै उपयुक्त सुरक्षात्मक उपाय अपनाएको भए धेरै मानिसको ज्यान जोगिने दावी गरेका छन्।राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कार्यदलका मुख्य सदस्य डाक्टर एन्थोनी फाउचीले संक्रमण फैलिन नदिनका लागि चाँडै सामाजिक दूरीसहितका उपाय अपनाउन नसक्दा मृतकको संख्या बढेको बताएका हुन।उनले अमेरिकाका केही क्षेत्रहरु आउँदो मे देखि नै सामान्य अवस्थामा फर्किन थाल्ने दावी गरेका छन।डाक्टर फाउचीसहितका उच्च स्वास्थ्य अधिकारीले राष्ट्रपति ट्रम्पलाई फेब्रुअरीको अन्त्यमै भाइरसविरुद्ध आक्रामक रणनीति अपनाउन आग्रह गरेपनि त्यसको कार्यान्वयन भएको थिएन।ट्रम्पले केही समय अघिसम्म कोरोना भाइरसलाई सामान्य फ्लू भन्दै आएका थिए।अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ।अहिलेसम्म मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।सबै भन्दा बढी प्रभावित शहर न्यूयोर्कमा मात्रै ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ।धेरै मानिसहरु संक्रमित हुनेमा पनि अमेरिका पहिलो नम्बरमा छ।अहिलेसम्म अमेरिकामा ५ लाख ६० हजार जना मानिस संक्रमित भएका छन्।
प्रकाशित मिति: सोमबार,वैशाख१,२०७७

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments