23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeअन्तरराष्ट्रियविश्वव्यापी रुपमा आतंक मच्चाउदै आएको कोरोनाको संक्रमणबाट फ्रान्सका पूर्वमन्त्रीको निधन

विश्वव्यापी रुपमा आतंक मच्चाउदै आएको कोरोनाको संक्रमणबाट फ्रान्सका पूर्वमन्त्रीको निधन


एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट फ्रान्सका पूर्वउद्योग मन्त्री पाथ्रिक देभेंजको मृत्यु भएको छ। पूर्वमन्त्रीको आइतबार पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमण भएको आशंकामा उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।उनले आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै शुक्रबार ट्वीटसमेत गरेका थिए।७५ वर्षीय देभेंज सन् २००८ को डिसेम्बर ५ देखि २०१० को नोभेम्बर १३ सम्म मन्त्री बनेका थिए।कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा हालसम्म २ हजार ३ सय १४ जनाले ज्यान गुमाएका छन् भने ३७ हजार ५ सय भन्दा बढी संक्रमित बनेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments