24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeअन्तरराष्ट्रियविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसकाकारण मृत्यु हुनेको संख्या ३४ हजारनाघे/संक्रमितको संख्याभने ७लाख३४...

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसकाकारण मृत्यु हुनेको संख्या ३४ हजारनाघे/संक्रमितको संख्याभने ७लाख३४ हजारभन्दा माथि


विश्वव्यापी महामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभर ७ लाख ३४ हजार भन्दा बढी मानिसहरुमा भएको छ।अहिलेसम्म कोभिड–१९ पुष्टि भएकाको संख्या विश्वभर सात लाख ३४ हजार ९ सय ३१ पुगेको छ।यससँगै कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७ सय ८० पुगेको छ । त्यस्तै अहिलेसम्म १ लाख ५५ हजार ९ सय ५० जना संक्रमित निको भएका छन्।अमेरिकामा मात्रै कुल संक्रमितको संख्या १ लाख ४२ हजार ७४६ पुगेको छ भने मृत्यु हुनेको संख्या २४ सय ८९ पुगेको छ । त्यसै गरि इटालीमा १० हजार ७सय७९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ९७ हजार ६सय८९ रहेको छ।विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्युदर अहिले ३.४ प्रतिशत रहेको जनाएको छ।चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४सय७० तथा मृत्यु हुनेको संख्या ३३ सय ४ छ ।स्पेनमा ८५ हजार १९५ संक्रमित भएका छन् भने ७ हजार ३सय४० जनाको मृत्यु भएको छ।

त्यसै गरि जर्मनीमा संक्रमित ६२ हजार ४सय३५ र मृत्यु हुनेको संख्या ५सय ४१ पुगेको छ । फ्रान्समा संक्रमित ४० हजार १सय ७४ र मृत्यु हुनेको संख्या भने २६ सय ६ रहेको छ । उता इरानमा संक्रमित ४१ हजार ४सय ९५ र मृत्यु हुनेको संख्या २७ सय ५७ पुगेको छ । त्यसै गरि बेलायतमा संक्रमितको संख्या १९ हजार ५सय २२ र मृत्यु हुनेको संख्या १२ सय २८ रहेको छ ।नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ जेष्ठ उमेरका व्यक्तिमा बढी घातक देखिएको छ।अहिलेसम्म पुष्टि भएका केस र त्यसको मृत्युलाई हेर्दा ८० वा सो भन्दा माथिको उमेरका व्यक्तिमा मृत्युदर १५ प्रतिशत भन्दा बढी रहेको पुष्टि भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments