विश्वव्यापी रुपमा यति बेला कोरोना भाइसले आतंक मच्चाउदै आएको छ।तर कोरोना भाइरसको संक्रमण अझै १–२ वर्षसम्म कुनैन–कुनै रुपमा देखा परिरहने अमेरिकाको एक रिपोर्टमा दावी गरिएको छ।अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी(सिआइडिआरएपी)ले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालै कोरोना भाइरसको संक्रमण अन्त्य हुने सम्भावना नरहेको उल्लेख गरिएको छ।सोहि प्रतिवेदनमा (कोभिड–१९)पहिलेका महामारीले अहिलेको अवस्थालाई मूल्यांकन गरेर ३ वटा सम्भावनाहरु प्रस्तुत गरेको छ।
जुन यस प्रकार रहेका छन्:
१)पहिलो सम्भावना यो छ कि महामारी विभिन्न उतार चढावपछि सन् २०२१ सम्ममा अन्त्य हुन सक्ने छ।यसमा विभिन्न देशको भौगोलिक परिवेश र भाइरसलाई नियन्त्रणमा लिनका लागि गरिएका प्रयास निर्भर रहन्छ।
२) अवस्था नाजुक रहेमा कोरोना भाइरसको संक्रमण सन् २०२२ सम्म पनि रहने प्रतिवेदनमा उल्लेख छ।सन् १९१८–१९ को स्पेनिस फ्लू महामारीका बेला पनि यस्तै भएको थियो।
३) प्रयासहरुले काम गरे र भाइरस नियन्त्रणमा आउने क्रम जारी रह्यो भने केही समंक्रमण बाँकी रहे पनि महामारीमा काबु भने पाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।