29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedशक्ति राष्ट्रहरुको रणनीतिक रणभूमी बन्दै एसिया |

शक्ति राष्ट्रहरुको रणनीतिक रणभूमी बन्दै एसिया |

सम्पादकीयः-निलेश अधिकारी
नेपालले इतिहासको बिभिन्न कालखण्डमा बाध्यता र सम्झौताहरु मार्फत धेरै भुभागहरु अतिक्रमित भै गुमाउनु पुगेको देखिन्छ भने गुमेको भुभागहरु फिर्ताको प्रभावकारी कार्य केहि मात्रमा बाहेक हाल सम्म गरेको देखिदैन ! जमीन फिर्ताको लागि देशका राष्ट्रिय राजनीतिक पार्टीहरु र नेताहरुले राष्ट्रिय सहमती र अन्तराष्ट्रिय मंचहरु मार्फत पनि गुमेको वा अतिक्रमित भुमि फर्ता ल्याउनु पर्ने हो तर छिमेकी शक्ति राष्ट्र्हरुको हेपाह र दवाबका कारण भुमि फिर्ताको कुरा सम्म पनि गरेको देखिदैन भने बिभिन्न अभियनताहरु मार्फत गरिएको भुमी फिर्ताको कार्यलाई नेपाल सरकारले सहयोग गरेको जस्तो पनि देखिदैन त्यसकारण ग्रेर्टर नेपालमा आधारित नेपालको गुमेको भुभागको बारेमा देश भित्र ब्यापकरुपमा परामर्स ,इतिहासकारहरुको सुझाव, बिश्लेसकहरुसंगको बृहत छ्लफल पछि छिमेकी देशहरुसंग छ्लफल गरि नंया संधी, सम्झौताहरु गर्नु पर्छ यदि छिमेकी देशहरुले ब्यवास्था गरेमा अंन्तराष्ट्रिय कानुनको साहरामा सीमा बिवाद अन्तराष्ट्रियकरण गर्नु पर्छ | सीमा बिवादकै कारण हाम्रो छिमेकी इन्डिया,पाकिस्तान,चीन लगाएतको बिवाद चरम स्थितिमा पुगेको देखिन्छ भने नेपाल पनि सीमा अतिक्रमणबाट अछुतो रहेको देखिदैन !

हाल आएर राजनीतिक सोचमा चीनसँग सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका रहेको देखिन्छ भने भारत र चीन तनावपुर्ण वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस गरिरहेको बीबीसी्को समाचारबाट थाहा पाउन सकिन्छ। गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात घण्टाको लामो डिनरसहित बैठकमा अमेरिका र चीन दुवै देशको तनावलाई थप बढ्न दिन नहुने बैठकको निष्क्रशबाट थाहा हुन्छ भने चीनको तर्फबाट यो छलफललाई रचनात्मक भनिएको छ । यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भन्दै यो चीनको आन्तरिक मामिला हो भनेका छ्न साथै पोम्पियोले कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित सूचना पारदर्शी बनाउन भनिएको कुरा बीबीसीले जानकारी दिएकोछ । अमरीकाका पूर्व राष्ट्रीय सुरक्षा सलाहकार जॉन बोल्टनले आफ्नो नयां किताबमा लेखेका छ्न जस्मा अमरीकी राष्ट्रपति डोनल्ड ट्रंपले नोमेम्भरमा हुने अमेरिकाको राष्ट्रपति चुनावमा जित्नको  लागि चीनका राष्ट्रपति शी जिनपिंगसंग मदत लिनको लागि कोशिश गरेका थिए ट्रंपको कुरा नमिले पछि अमेरिका चीन संग रिसायो बीबीसीले जानकारी दिएकोछ |

चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । हाम्रो छिमेकी देशहरुको कुरा गर्ने हो भने चीन र इन्डियाको सबैभन्दा धेरै सीमा विवाद रहेको देखिन्छ । यी दुई राष्ट्रका बीच सीमाकै कारण पटक पटक युद्ध समेत भइसकेको छ । करिब ३५ हजार २ सय ४१ किलोमिटर क्षेत्रफललाई चीनले आफ्नो सिन्जियाङ स्वायत्त क्षेत्र मान्दै आएको छ । इन्डियाले भने यसलाई लद्दाखको भूभाग भएको भन्दै आफ्नो दावी गरेको छ । इन्डिया चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएको समेत प्रष्ट पारेको छ । चीनले इन्डियन मिडिया पश्चिमा मिडिया जस्तै चीनविरुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ ।चीनले दक्षिण एसियामा इन्डियाले विभिन्न प्रकारका विवाद निम्ताएको दावी गरेको समाचार ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्पसले लेखेको सम्पादकीय तथा समाचार टिप्पणीलाई चीन सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ । सम्पादकीयमा लेखिएको छ, ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो भने नेपालसँग पनि छिमेकी देश चीनको घनिष्ठ सम्बन्ध रहदै आएको छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनाका साझेदार पनि हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्था आएमा इन्डिया दुई वा तीन तर्फबाट सामरिक दबाबको सामना गर्नुपर्ने हुनसक्छ ।

द्दाखमा र गलवान भ्यालीमा इन्डिया सेनाले बेइज्जतीको सामना गर्नुपरेपछि इन्डियाले चीनका विषयमा नयाँ रणनीतिक उपाय अपनाउने संकेत देखाउने अनुमान लगाउन सकिन्छ । भारतीय विश्लेषकहरूले चीनलाई रक्षात्मक बनाउनका लागि तिब्बत, हङकङ लगायतका विषय उठाउन प्रेरित गरिरहेका छन् ।चीनले तिब्बत, शिनजियाङ, हङकङ, मकाउ र ताइवानका विषयमा बढी संवेदनशीलता देखाउने भएकाले त्यसैमा प्रहार गर्न उनीहरू इन्डिया सरकारलाई उक्साइरहेका छन् । चीनका लागि तिब्बतको महत्त्व सर्वोपरि छ । तिब्बत दक्षिण एसियाको जलस्रोतको स्रोत हो त्यसैले चीनले कुनै पनि हालतमा तिब्बतको नियन्त्रण गुमाउन चाहँदैन । इन्डियाले अब तिब्बतमा चीनको उपस्थितिलाई चुनौती दिने रणनीति बनाउन सक्छ । तिब्बतको निर्वासित दलाई लामा सरकारलाई उसले मान्यता दिन सक्छ । तिब्बतका सम्बन्धमा भारतले गर्ने पहललाई पश्चिमी मुलुकहरूले प्रतीक्षा गरिरहेको इन्डियाको आकलन रहेको छ । अमेरिकी संसदमा विगत तीन महिनामा तिब्बतका पक्षमा दुई प्रस्ताव भारी बहुमतले पारित गरिएको छ भने युरोपका कम्तीमा दुई हजार शहरका नगरपालिकाको भवनमा प्रत्येक वर्ष मार्च १० मा तिब्बती झण्डालाई आधिकारिक रूपमा फहराइने गरेको देखिन्छ । दलाई लामालाई भारतले शरण मात्र दिएकोमा अब आधिकारिक मान्यता नै दिन पनि सक्छ । चीनले तिब्बत हात पारेपछि भारतले उससँग पञ्चशील सम्झौता गरेर आफ्नो हितलाई भारी नोक्सानी गरेको इन्डिया सरकारको बुझाइ रहेको देखिन्छ । उक्त सम्झौता अनुसार इन्डियाले तिब्बतलाई चीनको स्वायत्त प्रान्तका रूपमा मान्यता दिएको थियो । एसियामा धेरै देशहरुमा सीमा बिवाद रहेको देखिन्छ भने चीनको पनि आफ्नो केहि छिमेकी राष्ट्रहरुसंग तेती राम्रो सम्बन्ध रहेको छैन भन्दा पनि हुन्छ ! इन्डियाले जसरी हुन्छ चीनका छिमेकी १४ देशहरुलाइ आफ्नो पक्षमा लिन खोज्छ तर त्यो सम्भव छैन !

त्यस्तै इन्डियाको चीन बाहेक अरु आफ्नो छिमेकी देशहरुसंग पनि तेती राम्रो संम्बन्ध रहेको देखिदैन जस्मा !
पाकिस्तानः-कश्मीर क्षेत्रको विवाद सबैभन्दा जटिल विवाद हो । सन् १९४७ मा इन्डिया र पाकिस्तान छुट्टिएपछि नै यो क्षेत्रको लागि विवाद हुन सुरु गरेको हो । २५ सय ५३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यो हिमनदी गैर धुर्विय क्षेत्रमध्ये विश्वकै दोस्रो लामो हिमनदी हो ।

म्यानमारः- इन्डियाको मणिपुरसँग जोडिएको म्यानमारको काबा उपत्यका र नामफोलोङ गाउँका साथै तमु क्षेत्रका सीमामा इन्डियाले म्यानमारसँग अनावश्यक विवाद गर्दै आएको छ । म्यानमारले आफ्नो भूमिमा निरन्तर दावी गर्दै आएको छ ।

श्रीलंकाः-इन्डिया र श्रीलंकाको सीमामा पर्ने निर्जन भूमि कच्छथिभुमा पनि इन्डियाले विवाद सुरु गरेको थियो । केन्द्र सरकारले समेत श्रीलंकाकै मानेको यो भूमि तमिलनाडु राज्य सरकारले श्रीलंकासँग फिर्ता मागेको थियो तर श्रीलंकालीले यसलाई ठाडै अस्वीकार गरेको थियो ।

बंगलादेशः-इन्डिया र बंगलादेशको सीमामा पर्ने ‘बे अफ बंगाल’ क्षेत्रको निर्जन बलौटे भूमि बंगलादेश क्षेत्रमा पर्छ । तर यी भूभाग आफ्नो भन्दै भारतले बंगलादेशसँग विवाद गर्दै आएको छ । विवादित भूमिलाई मिलाउन इन्डिया र बंगलादेशको तर्फबाट सन् १९७४ मा सम्झौता भयो । तर भारतीय संसद्ले यसलाई स्वीकृती दिएन । तर सन् २०११ मा नयाँ सन्धी गरेपछि भने इन्डियान संसदले त्यसलाई पारित गर्यो । यो सँगै ४१ वर्षसम्म कायम रहेको यो क्षेत्रको विवाद समाधान भएको जस्तो देखिन्छ ।

भुटानः-भुटानको इन्डियासँग सीमा विवाद खासै नरहेपनि चीनसँग भुटानको सीमा विवाद भने रहेको छ । विशेषगरी चीन–भुटानको दोक्लाम क्षेत्रमा यी दुई देशबीच सीमा विवाद छ । तर, इन्डियाले यो विवादमा भुटानलाई चीनसँग मिल्न नदिने अनेक षड्यन्त्र गरि रहेको छ!

नेपालः-बिभिन्न समयमा हाम्रो दुइ छिमेकी देशहरु संग सीमाका सम्बन्धमा बार्ताहरु भएपनि चीन र इन्डियादृरा बिभिन्न समयमा मिचेका नेपालली भूभागहरुमा ताप्लेजुङ, पाँचथर , इलाम , झापा, कालीखज्जर, मोरङ, सुनसरी ,सप्तरी सिरहा,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ ,बाँके, बर्दिया, कैलाली,कञ्चनपुर,दार्चुला लगाएत गरि हजारै हेक्टर जमिन मिचिएको देखिन्छ ! यि सबै क्षेत्रको छिनोफानो अब नेपालले गर्नु पर्छ र सर्भाभौम सम्पन्न देशको संबैधानिक नया पूर्ण नेपालको नक्शा प्रकासन गर्नु पर्छ! सीमा बिवाद सदाकोलागि अंत गर्नु पर्छ ! संबिधानमानै केहि कुरा परिर्वतन गर्नु परे पनि सबै पार्टी मिलि देशकोलागि दिर्धकालिन सोचमा आधारित हुनु पर्छ ! नेपालको २६ जिल्ला इन्डिया सीमासँग जोडिएका छन् । त्यसमध्ये २३ जिल्लामा सीमा विवाद कायम रहेको छ भने धनुषा, बैतडी र डडेलधुरामा तिन जिल्ला छोडेर अरु जिल्ला बाहेक अरु जिल्लामा ब्यापक सीमा बिवाद रहेको देखिन्छ।नेपाल–इन्डिया सीमारेखाको ७१ स्थानमा अतिक्रमण र विवादमा रहेको छ र विवादित क्षेत्रफल ७९ हजार ६ सय ४२ हेक्टर हुन्छ । यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा ९ हजार हेक्टर जमिन इन्डिया सरकारको पक्षबाट अतिक्रमित भएको देखिन्छ भने चीनसंग पनि केहि स्थानमा समान्य सीमा बिवाद रहेको देखिएको छ ।

सीमा बिवाद कै कारण एसिया महादेशका धेरै शक्तिशाली राष्ट्रहरु एक आपसमा शक्तिको आडमा सीमाको बिषयलाई लिएर युद्दमा जाने सम्भावनाहरु देखिन थालिएको छ भने पश्चिमा बिदेशी शक्तिहरुले भड्काउ भाषण र आ आफ्नो देश अनुकुलका देशहरुलाई सैनिक र आफ्नो देशको सहयोग रहने आश्वासन दिदै भडकाउ र युद्दमा लैजाने योजनामा तल्लिन रहेर आफ्नो गोप्य योजनालाई पुर्णता दिने कार्यमा लिप्त रहेको अनुमान लगाउन सकिन्छ ! यस्तो धातक योजनाले कुनै पनि देशको हित नहुने र समग्र बिश्वलाई नै धातक साबित हुने कुरालाई सबैले मनन गर्नु सक्नु पर्छ ! यो समय सबै देशको अस्तित्वलाई आत्मसात गर्दै सबै मिलेर महामारी कोभिड १९ संग जुध्नुको बिकल्प छैन भन्दा पनि हुन्छ |

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments