जे मा पनि राजनीति कारण र तै चुप मै चुप ले सिध्य्यो।
यता कोरोना रोकथाम तीर लाग्दै गर्दा निमुखा जनताहरु लाई भोको पेट बनाई रूवायो
कैयौ कोस हिड्दै आफ्नै देश आफ्नै घर पुग्न बाध्य बनायो।
नत सुन्ने कोही छ नत बुझिदिने !
यहाँ केहि आवश्यक परेको कुरा किन्न बाहिर जाऊ भनी निस्किदा पनि प्रहरी ले लठी बरसायो
विश्वभर कोरोना ले तर्सायो
तर लौन यो सतीले सरापेको देश मा त आफुलाई सहज बनाउन जिताएका नेता हरुले नै हाहाकार मच्कचायो ।
लौन कस्तो विडम्बना आयो मजदूर भोको मरीरह्यो, बीमारीहरुलाई अस्पताल नपुगी मर्न बाध्य बनायो।
घोर कलियुग छायो हेरन मानवता भन्ने चीज नै हरायो।
राहतको नाममा कुहीएको चामल दिलायो, क्वारेन्टाइनको नाममा बलात्कारी निमत्यायो ।
हिजै जस्तो लाग्छ निर्मला बैनी बलितकृत भएको त्यसपछि त झनै धेरै अपराधीहरु ले उन्मुक्ति पायो।
जनता को धुकुटी को मज्जा बिलाशी भई रहयो
यहाँ सबै मिलीजुली जनतालाई सधै झुकयाई रहयो।
बाबा पशुपतिनाथले सबैको कृपा गुरुन , हजुरहरु मर्दै गर्दा कोही आउने छैन यहाँ गारो सारो बुझने छैन यहाँ त्यसै ले आफू रहेको ठाउँमा सुरक्षित रहनुस छेउ छाउ मा सहयोग गर्नुस एक अर्का लाई सधै सहयोग पुर्याउनुस।
जय नेपाल ।।