२५ वर्षसम्म निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा आवद्ध भएका श्रमजीवि पत्रकाहरु लागि पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गरेको छ ।मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवि पत्रकारहरुको लगनशीलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकार समक्ष माग गरेको हो।मंहगी आकासीरहेको वर्तमान अवस्थामा श्रमजीवि पत्रकारहरुका लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई तत्काल व्यवहारमा लागू गरि समय सीमा भित्रमा उपलब्ध गराउन बैठकले सञ्चार गृहहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले प्रदेश नं ५ को तर्फबाट उपाध्यक्षमा श्रीधर सुबेदी,कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा,सचिवमा कृष्ण खनाल,कोषाध्यक्षमा राधिका जोशी,काठमाण्डौं उपत्यका संयोजकमा दिपेश राजथारु तथा केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई (झापा)विजय राउत (सुनसरी)सविता पोखरेल(गोरखा)लाई मनोनयन गरेको हो।मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश नं ५ को नेपालगञ्जमा मनाउने निर्णय भएको छ।प्रदेश नं ५ समिति गठन एवं घोषणा सभा गर्ने र आवश्यक तयारी गर्न उपाध्यक्ष श्रीधर सुबेदीलाई र कर्णाली प्रदेश समिति गठन तथा घोषणा सभाको तयारी गर्न उपाध्यक्ष अंगत देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ।
गण्डकी प्रदेशको प्रदेश कार्यसमिति २०७६ फागुन ५ गते गठन गर्ने र गठन हुन बाँकी रहेका प्रदेशमा यथा सक्य चाँडो प्रदेश कार्यसमिति गठन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको हो।