30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियश्रीमतीलाई अस्पतालमा राखेर ब्लड बैंक हिँडेका वृद्धको इज्जत सडकमै उतारियो

श्रीमतीलाई अस्पतालमा राखेर ब्लड बैंक हिँडेका वृद्धको इज्जत सडकमै उतारियो

काठमाडौँ । आइतबार घनश्याम झा सोल्टीमोडस्थित ब्लडबैंक जाँदै थिए। श्रीमती वीर अस्पतालमा थिइन् भने उनलाई ब्लडबैंकबाट रगत ल्याउने चटारो थियो।

वीर अस्पतालबाट उनी कालिमाटी हुँदै सोल्टीमोड तर्फ अगाडी बढिरहेका थिए। कालिमाटी पुगेपछि त्यहाँ रहेका एक सैनिक प्रहरीले उनलाई रोके अनि डोर्‍याउँदै कालिमाटी तरकारी तथा फलफूल बजारसँगैको फुटपाथमा लगे ।

त्यसपछि सुरुभयो घनश्याम माथिको केरकार। सैनिकको जस्तो देखिने हाफसर्ट लगाएको विषयमा उनलाई ती सैनिक प्रहरीले केरकार मात्र गरेनन्, सर्ट तत्कालै उतार्न पनि आदेश दिए।

बीच सडकमै सर्ट उतार्न लगाएपछि घनश्यामले आफ्नो वृतान्त सुनाए। उनले श्रीमती अस्पतालमा रहेको र रगत आवश्यक भएको हुँदा ब्लडबैंक जान लागेको बताए।

सनिक प्रहरीले सर्ट तत्कालै उतार्न आदेश दिएपछि घनश्यामले ब्लडबैंकबाट रगत लिएर अस्पताल पुर्याएपछि सर्ट फुकाल्छु भने। तर, ती सैनिक प्रहरीले मानेनन्। बीच सडकमा घनश्यामलाई सर्ट फुकाल्न लगाइछाडे। सर्ट फुकाल्न लगाएर मात्र ती सैनिक प्रहरीको चित्त बुझेन। उनले सर्ट नजिकै रहेको डस्टबिनमा हाल्न पनि लगाए। यसरी एक नागरिकको इज्जत सडकमै उतरिंदा नजिकै रहेका प्रहरी अधिकारीहरु मुखदर्शक मात्र बने।

नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ ।

लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक प्रहरी खटाइएको हो ।

सेनाले काठमाडौँ उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालिमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइएको छ । सैनिक गैरसैनिकले सैनिक पोशाक लगाएर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments