गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।
विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’२०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो । भिडियो: