धरान/ समाजवादी पार्टी निकट विद्यार्थी संगठन बिस्तार भैरहेको छ।त्यसै क्रममा समाजवादी विद्यार्थी युनियन श्री शिक्षा निकेतन धरानको ईकाई समिति गठन भएको छ।
आइतबार गठन भएको इकाईमा सविन राईको अध्यक्षतामा ३१ सदस्यीय समिति सहित ५ सल्लाहकार समिति घोषणा गरिएको छ ।उपाध्यक्षहरूमा मञ्जु परियार, रोहन राई, तृषा लिम्बू रहेका छन । सचिवमा युषा लिम्बू, सह सचिवमा निर्मला पाचकोटी, सन्दिपा लिम्बू,ईच्छा भुजेल, कोषाध्यक्षमा सविना राई रहेका छन् । सदस्यहरू सेमि लिम्बू, सोनिया लिम्बू, अनिशा श्रेष्ठ, समिता राई, रमा कुमारी राई, एञ्जिला राई, आशा राई, भिष्मा मगर, अर्चना राई, आशा लिम्बू, विकास राई, नवीन बस्नेत, प्रतीक राई, ख्याम सुनुवार, ईनसाङ लिम्बू,रोहित कार्की, रसल राई, दिपेन लिम्बू, सबिता खत्री,राजेश भुजेल, दिपिका राई रहेका छन् । त्यसैगरी सल्लाहकारमा अायुश लिम्बू , मेनुका राई, दिलिप राई, अनिश श्रेष्ठ रहेका छन । युनियनका केन्द्रीय सदस्य वरदान भारतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गठनमा नगर सचिव पासाङ शेर्पाको बिशेष उपस्थितिमा स्कुलको सभाहलमा भएको हो। कार्यक्रममा संगठनका केन्द्रीय सदस्य वरदान भारतले विद्यार्थीहरूको बैकल्पिक शक्ति समाजवादी विद्यार्थी युनियन मात्रै रहेको तर्क गरे । सरकारले समृद्धि गुलियो सपना देखाए पनि पूरा गर्न नसकेको बताए । “समृद्धिको मन्त्र पढेर मात्रै समृद्धि आउदैन । समृद्धि ल्याउन सङ्घीय समाजवादी शिक्षा प्रणाली अवलम्बन गर्नुपर्छ” उनले भने । संगठनका नगर सचिव पाशाङ शेर्पाले पनि आफ्नो मन्तब्य राखे । कार्यक्रम ईकाई सचिव मेनुका राईले गरेका थिए भने अध्यक्षता अध्यक्ष अयुश लिम्बूले गरेका थिए ।