30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारसंक्रान्ती मनाएर ससुरालीबाट फर्केका यि दम्पत्तिले दुई नाबालक सन्तानसहित त्रिशुलीमा हामफाले!!

संक्रान्ती मनाएर ससुरालीबाट फर्केका यि दम्पत्तिले दुई नाबालक सन्तानसहित त्रिशुलीमा हामफाले!!

काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित त्रिशुली नदिमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् ।माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० बजेको धादिङको बेनिघाटस्थित बाँदरे भन्ने स्थानमा रहेको झोलुङ्गे पुलबाट दुई नाबालक बच्चा लिएर दम्पत्तिले नदिमा हाम फालेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

नदिमा हाम फाले लगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेपछि स्थानीय र्याफ्टिङ गर्ने समुहलिई प्रहरीले बिनयलाई जीवित उद्धार गर्न सफल भएपनि जमुनाको भने मृत्यु भइसकेपछि शव फेला पारेकोे छ । घटनामा २ वर्षीय र ६ महिने बालक बेप त्ता छन् । नाबालकलाई जीवितै उद्धार गर्न सकिने सम्भावना सकिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उद्धार गरिएका अन्दाजी ३८ बर्षिय श्रीमान बिनयलाई भने प्रहरीले नियन्त्र णमा लिएर अनुसन्धान भइरहेको बताए । उनीहरुले आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments