22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराजनीतिसंविधान संशोधन विधेयकको समर्थन गर्दै पक्ष र विपक्ष नभई एकमतले पारित गर्नुपर्ने...

संविधान संशोधन विधेयकको समर्थन गर्दै पक्ष र विपक्ष नभई एकमतले पारित गर्नुपर्ने बताए


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ माथिको छलफल चलिरहेको छ । छलफलमा भाग लिने सांसदहरूले संविधान संशोधन विधेयकको समर्थन गर्दै पक्ष र विपक्ष नभई एकमतले पारित गर्नुपर्ने बताएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (पूर्व राजपा, संघीय समाजवादी फोरम), जनमोर्चा र नेमकिपाका सांसदहरूले विधेयकको पक्षमा बोल्दै अब भूमि फिर्ता गर्नेतर्फ लाग्न सरकारलाई आग्रह गर्दै आफ्नो साथ रहेकाे बताए।

यस्तै कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले कांग्रेस संविधान संशोधनको पक्षमा रहेको निर्णय पार्टीले नै गरिसकेको भन्दै पार्टी जहिले पनि राष्ट्रियताको पक्षमा रहँदै आएको र रहिरहने बताए।

त्यस्तै कांग्रेसकै पुष्पा भुसाल, डा. डिला संग्रौला, डा. मिनेन्द्र रिजाल, गगन थापालगायतले पनि नयाँ नक्शा जारी गरेकोप्रति सरकारलाई धन्यवाद दिँदै अब भूमि फिर्ताको पहलमा लाग्न सुझाव दिए।

पूर्व राजपाका सांसद लक्ष्मणलाल कर्णले आफूमाथि राष्ट्रियताको शंका गर्ने गरिएको भन्दै नेपालको नक्शा जारी गर्ने प्रयास सकारात्मक भएको बताए । उनले भने, “म प्रधानमन्त्रीको कुरासँग सहमत छु, उहाँले रोष्ट्रमबाटै अब कूटनीतिक पहलबाट भूमि फिर्ता गर्ने बताउनुभयो, त्यो कुरासँग म सहमत छु।”

सत्तापक्षका सांसदहरू कृष्णभक्त पोखरेल, डा.विन्दा पाण्डे, शान्ता चौधरी, नवराज सिलवाल, गोपालबहादुर बम, लक्ष्मी चौधरीलगायतले पनि नयाँ नक्शा जारी गर्ने सरकारको कदमको प्रशंसा गरे। उनीहरूले भारतसँगको सौहार्दपूर्ण सम्बन्धबाट नेपालको भूमि फिर्ता गर्नुपर्ने बताए।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सजिलै भारतले भूमि फिर्ता गर्ने संभावना नरहेको भन्दै त्यसो नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताइन् । उनले विधेयकमा पूर्ण समर्थन रहेको र भूमि फिर्ता गर्न सरकारलाई साथ दिने पनि बताइन्।

बोल्ने अधिकांश सांसदहरूले आज आम नेपालीकै खुशी र गौरवपूर्ण दिन भएको बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments