काठमाण्डौँ–संसदको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ।वैवाहिक अंगिकृत नागरिकताको विषयमा कुरो नमिल्दा विधेयक समितिमा २ वर्षदेखि अल्झिएको थियो।तर आइतबार समितिको बैठकले वैवाहिक अंगिकृत नागरिकताको विषय बहुमतले टुंगो लगाएको हो।अब उक्त विधेयक प्रतिनिधि सभामा समेतपेश हुने छ।वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधानप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै फरकमत दर्ता गराएका छन्।कांग्रेसको तर्फबाट दिलेन्द्र बडु र जसपाको तर्फबाट राजेन्द्र महतोले वैवाहिक नागरिकताको सात वर्षे प्रावधानप्रति पार्टीको तर्फबाट फरकमत समेत दर्ता गराएका छन्।