23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराजनीतिसंसदबाट दोस्रो संविधान संशोधन विधेयक दुई-तिहाई भन्दा बढी बहुमतले पारित भएसँगै एउटा...

संसदबाट दोस्रो संविधान संशोधन विधेयक दुई-तिहाई भन्दा बढी बहुमतले पारित भएसँगै एउटा कोर्ष पूरा भयो/अब भारतसँग वार्ता हुन्छ:प्रधानमन्त्री केपी शर्मा ओली


काठमाण्डौँ-लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधि सभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ।भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सहितको निशानछाप संशोधन विधेयक संसदबाट पारित भएको हो।कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन्।प्रस्तावमाथिको छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्ताव माथि मतदान भएको थियो।

ससदबाट दोस्रो संविधान संशोधन विधेयक दुई-तिहाई भन्दा बढी बहुमतले पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनसँगै एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिनु भएको छ।अब भारतसँग वार्ता हुने समेत बताउनु भएको हो।संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भएको बताउदै उहाँले प्रसन्नता पनि व्यक्त गर्नु भएको छ। प्रतिनिधि सभामा उपस्थित २५८ सांसदद्वारा सर्वसम्मतले संविधान संशोधनका पक्षमा मतदान गरेको समेत बताउनु भयो।प्रधानमन्त्रीले संसद्‌बाट बाहिरिदै गर्दा एउटा कोर्ष पूरा भएको र अब भारतसँग वार्ता हुने बताउनु भएको हो।
प्रकाशित मिति:शनिबार-जेठ-३१-२०७७

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments