23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराजनीतिसंसदमा राजेन्द्र महतोको आक्रोश:दुई-तिहाइको सरकारले गर्ने काम पार्टी फोर्ने-सांसद चोर्ने र अपहरण...

संसदमा राजेन्द्र महतोको आक्रोश:दुई-तिहाइको सरकारले गर्ने काम पार्टी फोर्ने-सांसद चोर्ने र अपहरण गराउने हो


काठमाण्डौं-जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले शक्तिशाली सरकारबाट जनताले केही नपाएको गुनासो गरेका छन्।शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा सम्बोधन गर्दै महतोले भने दुई-तिहाइको सरकारले दुई कौडीको पनि काम गर्न नसकेन आरोप लगाएक छन्।महतोले सरकार पक्ष-प्रतिपक्ष सबै पार्टी साझा लडाइँमा लाग्नुपर्ने समयमा सरकार कुर्सीको खेलमा केन्द्रित देखिएको गुनासो समेत गरेका छन्।दुई-तिहाइको सरकारबाट सुशासन पाइएला,समृद्धि होला,संविधानले पनि पूर्णता पाउला भनेका थियौँ।तर शक्तिशाली सरकारबाट जनताले के पाए?सरकारसँग एउटा मात्रै प्रश्‍न हो।सरकारबाट सुशासन,समृद्धि,संविधानको पूर्णता केही नपाएको उनको गुनासो छ।निर्वाचित सांसदलाई जेल हालिएको र अर्का निर्वाचित सांसदलाई सत्ताले अपहरण गरेको महतको आरोप थियो।कानुनी राज्य खोजेकोमा हुकुमी शासनको महसुस भएको बताएका छन्।अपहरण गर्नेलाई कारबाही गर भनेर जाहेरी दिन गयौँ,कानुनले जाहेरी लिन भन्छ।तर हुकुम आयो होला जाहेरी लिइएन,जे मन लाग्छ त्यही गर भनिएको भन्दै आपति जनाएका छन्।जनतालाई राहतको प्याकेजसहित सरप्राइज दिनुपर्नेमा सरकारले भने दल फुटाएर अस्थिरता निम्त्याउने सरप्राइज दिएको महतको भनाइ छ।सरकारले दल फुटाउन खोजेर सरप्राइज दिएकोमा आफूहरूले दल जुटाएर सरप्राइज दिएको महतोको दावी छ।

प्रकाशित मिति-शुक्रबार-वैशाख-२६-२०७७

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments