नरेश क्षितिज
धरान / जनता समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान उपमहानगर समिति द्वारा अायाेजित एक भेलाले डेविट माेहाेतेकाे अध्यक्षतामा १५ नं वडा कमिटी गठन गरेकाे छ । संघका धरान उपमहानगर समिति अध्यक्ष छत्रबहादुर विश्वकर्मा (केशव) काे अध्यक्षता र संघका केन्द्रीय ईन्चार्ज दिपक मेयाङ्बाेकाे प्रमुख अातिथ्यमा भएकाे उक्त भेलाले अध्यक्ष माेहाेते सहित ९ सदस्यीय कमिटी गठन गरेकाे हाे । समितिका सचिवमा गणेश रामदाम, काेषाध्यक्षमा लिला घिमिरे, सदस्यहरुमा ईन्दिरा राई, शान्ति बयलकाेटी, रविना थापामगर, हाेम बहादुर तिरुवा, लालबहादुर विश्वकर्मा र तारा शंकर रहेका छन ।
धरान १५ स्थित बगरकाेटमा भएकाे साे कार्यक्रममा जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य कृष्ण लिम्बू, शिल्पी विशेष समिति प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज, सचिव शशीकुमार विश्वकर्मा, पार्टीका धरान उपमहानगर समिति अध्यक्ष ताजुवकुमार लिम्बू, संघका सुनसरी जिल्ला अध्यक्ष महेशचन्द्र राजवंशी, पार्टीका १५ नं वडाध्यक्ष हरिकुमार राई, उपाध्यक्ष डिल्ली विक, ५ नं वडाध्यक्ष बिर्खमान राई, संघकी धरान उपमहानगर समिति सदस्य भीमा गिरी, कमल लाेहार लगायतकाे उपस्थिति रहेकाे थियाे । उक्त भेलालाई संघका सुनसरी अध्यक्ष राजवंशी, पार्टीका धरान अध्यक्ष ताजुवकुमार लिम्बू, विशेष समिति प्रदेश १ सचिव शशीकुमार विश्वकर्माले सम्वाेधन गर्दै नवगठित समितिलाई शुभकामना समेत दिएका थिए । संघका केन्द्रीय ईन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी दिपक मेन्याङ्बाेले अझै पनि राज्यले सुकुम्बासीलाई दाेस्राे दर्जाकाे नागरिकका रुपमा हेर्ने गरेकाे र अब त्याे अवस्थाबाट मुक्ति पाउन सम्पूर्ण सुकुम्बासीहरु एक हुनुकाे विकल्प नरहेकाे बताउँदै कार्य समितिका सम्पूर्णलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएका थिए भने कार्यक्रम संचालन संघका धरान उपमहानगर समितिका सचिव पूर्ण बान्तवाले गरेका थिए ।