22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeराष्ट्रियसबै निकायबाट जारी सवारी पास रद्द

सबै निकायबाट जारी सवारी पास रद्द


काठमाडौँ । काठमाडौं उपत्यका र अन्य जिल्ला भित्रका लागि सबै निकायबाट जारी सवारी पासहरु रद्द आजबाट रद्द गरिएको छ । काठमाडौँ उपत्यका बाहिर जाने वा उपत्यका भित्रिने पास भने यथावत् राखिएको छ ।

अब जोर बिजोर प्रणालीमा सवारी चल्ने हुनाले पास रद्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपपी भीमप्रसाद ढकालले जानकारी दिए । जोर बिजोर प्रणाली नेपाली पात्रो अनुसार गतेका आधारमा लागू हुनेछ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चल्न पाउने छन् ।

मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रेस तथा अत्यावश्यक सेवाका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू हुने छैन । त्यस्तै मोटरसाइमलमा एक जना र चारपाङ्ग्रे सवारी साधनमा चालक सहित तीन जना मात्र चढ्न पाउने छन् ।

बिरामी बोकेका र आपतकालीन अवस्थाका सवारी साधनलाई डिउटीमा खटिएका प्रहरीले अवस्था हेरेर निर्णय गर्ने महाशाखाको भनाइ छ । यी सबै नियम निजी सवारीसाधनका हकमा मात्र लागू भएको हो । सार्वजनिक सवारीसाधन गुड्न पाउने छैनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments