27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedसमाजवादीद्वारा फुड बैकलाई हजार किलो चामल,उपमहानगरद्वारा तीन हजारलाई राहत बितरण थालनी

समाजवादीद्वारा फुड बैकलाई हजार किलो चामल,उपमहानगरद्वारा तीन हजारलाई राहत बितरण थालनी

– निमा पोङ्स्युवा
धरान / धरान उपमहानगरले लकडाउनबाट प्रभावित भएकालाई राहत आवस्यक भएको भन्दै फुडबैकमा खाद्यान्न जम्मा गर्न आव्हान गरेसगंगै समाजवादी पार्टी धरानले हजार किलो चामल उपलब्ध गराएको छ।

समाजवादी धरानका अध्यक्ष ताजुप लिम्बू उपाध्यक्ष कृष्ण राई बिना पुमा राई सचीव हेमराज जिमि लिम्बुवान राष्ट्रिय समिति सदस्य कृष्ण लिम्बु सहितको टोलिले चामल उपलब्ध गराएको हो। पार्टीले उपलब्ध गराएको चामल धरान उपमहानगरका मेयर तिलक राई उप मेयर मन्जु भण्डारीलाई धरान स्थित सब्जा गृहमा हस्तान्तरण गरेको छ।शो अवसरमा किरात राई यायोक्खा धरान १८ प्रारम्भिक कमिटीले ६ सय ७५ किलो चामल फुड बैकलाई हस्तान्तरण गरेको छ।यायोक्खा केन्द्रिय उपमहासचिव सुबासचन्द्र राईको टोलिले चामल हस्तान्तरण गरेको छ।आजै फुड बैंकमा तिनेन उद्योग धरान १५ का मनिषा श्रेष्ठले पनि ३ सय किलो चामल फुड बैकमा उपलब्ध गरिएको छ।

दैनिक ज्यालादारी मज्दुरी गरिखानेलाई १२ दिनको लक्डाउनले अत्यावश्यक खाद्य बस्तुको अभाव भएको भन्दै धरान उपमहानगरले फुड बैंक स्थापना गरि खाद्यान्न उपलब्ध गराउन आग्रह गरिएका थिए ।एकद्वार नीति अनुसार राहत बितरण गराउने उद्देश्य राख्दै अन्य संघ संस्थालाई आफुखुशी राहत बितरण नगर्न समेत धरान उपमहानगरले सार्वजनिक जानकारी दिएका थिए ।
फुड बैंकमा जम्मा भएका खाद्यान्नलाई शनिबार धरान उपमहानगरको २० वटा वडा भध्ये १३ वडामा राहत पठाउने काम भैरहेको कुरा मेयर तिलक राईले जानकारी दिए।यसअघि फुड बैंकमा नेपाली काङ्ग्रेसद्वारा २ हजार किलो चामल धरान जेसिज तथा अन्य विभिन्न संघ संस्थाद्वारा खाद्य पदार्थ उपलब्ध गराएको जानकारी दिए।पहिलो चरणमा करिब तीन हजार पाँचसय घर परिवारको लागि १३ वटै वडामा खाद्यान्न प्याकेज पठाएको जानकारी दिए।

मेयर राईले धरान उपमहानगरमा आपतकालीन कोष समेत स्थापना गरेको बताए।कोषमा उपमहानगरबाट २५ लाख राखिएको जानकारी दिए।विभिन्न संघ संस्था तथा ब्यक्तिबाट कोषमा हाल करिब ४० लाख रुपैया जम्मा भएको बताए ।धरानमा ८ हजारदेखि १० हजारसम्म घर परिवार पीडित रहेको कुरा धरान उपमहानगरका भेषराज अधिकारीले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments