30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedसमाजवादी विद्यार्थीको हाजिरी जवाफमा बि.ए.को जित

समाजवादी विद्यार्थीको हाजिरी जवाफमा बि.ए.को जित

धरान/समाजवादी विधार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटीले आयोजना भएको दोस्रो हाजिरीजवाफ प्रतियोगितामा विए दोस्रो वर्ष बिजेता बनेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानमा मंगलबार सम्पन्न प्रतियोगितामा बि ए दोस्रो बर्षका उत्तम लावती,सरिता योगि,जोर्डन चेम्जोङको समूह प्रथम बनेको हो । प्रथम बनेका बिजेताले नगद ५ हजार,मेडल,प्रमाणपत्र प्राप्त गरेका छन त्यसैगरी प्रतियोगितामा एम.वि.एस संकायका दिनेश कुलुङ,चित्रकला आङबुहाङ,सुनिल श्रेष्ठको समुह दोस्रो भएका थिए। दोस्रो बिजेताले नगद ३ हजार,मेडल,प्रमाणपत्र प्राप्त गरे र तेस्रो भने एल.एल.वि दोस्रो वर्षको सरोज आचार्य,निशा राई,प्रेमकला राईको समुह भए तेस्रो हुँदै नगद २ हजार सहित मेडल,प्रमाणपत्र प्राप्त गरेका छन ।

कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय र अन्तरास्ट्रिय राजनितिक,धार्मिक,सास्कृतिक,खेलकुद,अर्थतन्त्र लगायतको बिषयमा समसामुहिक प्रश्नहरु गरिएको थियो । यिनै प्रश्नहरुको सहि उत्तर दिदै विए दोस्रो वर्षले ८५ अंक जोडदै प्रथम बनेका थिए भने दोस्रो भएका एम.वि.एस संकायले ८० र तेस्रो एल.एल.वि दोस्रो वर्षले ७० अङक ल्याएका थिए । जम्मा ६ चरणमा विभाजन गरिएको कार्यक्रमको अन्त्यमा रयापिड चरणमा टुङ्गिएको थियो । कर्यक्रमको प्रमुख अतिथी विधार्थी नेता सुमन राई रहेका थिए भने कार्यक्रमममा महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापती सरगम सागर चेम्जोङ, बिधार्थी परिचालन संयोजकसुमन चेम्जोङ,समाजवादी विधार्थि युनियन नगर सचिव पासाङ शेर्पा,समाजवादी सास्कृतिक महासङघ प्रदेश मुख्यसचिव कुमार प्रधान लगायतको उपस्थिती रहेको थियो भने समाजवादी विधार्थी महेन्द्र बहुमुखी क्याम्पस ईकाई अध्यक्ष उदिप लावतिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बिधार्थिहरुको बौद्धिक विकाश गर्न र उनिहरुको पठनपाठनलाई थप प्रभावकारी बनाउन सहयोग पुरयाउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष उदिप लावतिले बताएका छन । उनका अनुसार समाजवादी विधार्थि महेन्द्र बहुमुखी क्याम्पस कमिटिको आयोजनामा अघिल्लो वर्षदेखी प्रतियोगिता निरन्तर हुँदै आएको छ भने यो दोस्रो सस्करण रहेको छ आगामी वर्ष पनि यसको तेस्रो सस्करण आयोजना गरिने उनले बताए । यस्ता बौद्धिक कार्यक्रमले बिधार्थिको भविष्यमा समेत सहयोग पुग्ने विस्वास रहेको उनले बताए । होटल लावती कर्नर,भेडेटार,होटल मेजेष्टिक,सब्सरा रिसोर्ट को प्रायोजन र अमित थेवे युके,लाहाङ चेम्जोङ युके,युएइबाट मदन हाङखिमको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ४६ टिमको सहभागिता रहेको थियो ।

(सूचना )

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments