20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeसमाचारसमाजवादी विद्यार्थीमाथी नेबि संघको हमला

समाजवादी विद्यार्थीमाथी नेबि संघको हमला

धरान।समाजवादी विद्यार्थी युनियन इन्जिनियर क्याम्पस धरानले आयोजना गरेको होलि कार्यक्रममा नेबिसघका विद्यार्थीले मदक पदार्थ सेवन गरेर हमला गरेको छ।

हरेक वर्ष जस्तै मटका फोर,सेक रेस,डिजे पार्टी गरिएको बेला नेपाली काङ्ग्रेस निकट नेबिसंघका
निशान्त भट्टराई ,करिम लामाले आक्रमण गरेको आरोप लगाएको छ।समाजवादी विद्यार्थी युनियनका शत्रुधन यादवले जनाए अनुसार नेबिसंघका निशान्त भट्टराई ,करिम लामाले मादक पदार्थ सेकन गरेर आक्रमण गरेको बताए।आक्रमणमा समाजवादी विद्यार्थी युनियनका बिद्यानन्द यादब सहित विद्यार्थी घाइते भएको छ।घाइतेको उपचारको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लैएका छन भने नेबि संघका निशान्त भट्टराई ,करिम लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रत्येक वर्ष झैँ  यश वर्ष पनि “राष्ट्र एक रङ्ग  अनेक” नराका साथ समाजवादी विद्यार्थी युनियन ,इन्जिनियर अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पस इकाई समितिले  होलि पर्वको अवसरमाआयोजना गरेको  मट्का फोर,सेक रेस,डिजे पार्टी  कार्यक्रम क्याम्प प्रशासनबाट अनुमति लिएर गरेका थिए।नेपाल विद्यार्थी संघ पूर्वाञ्चल क्याम्पस  विद्यार्थीहरुले कार्यक्रम भाँडने क्रममा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष विद्यानन्द यादव (वेदर्दी), उपाध्यक्ष सुशील यादव ,उपाध्यक्ष कृष्ण यादव ,सदस्य राजेश यादव लगायतका विद्यार्थीहरुमाथि कुटपीट गरेको हो।  मधेसी विद्यार्थीहरुको  बढ्दो सिर्जनशिलता र लोकप्रियता सहन नसक्ने निशान्त भट्टराई ,करिम लामाले स्थानीय (लोकल) मादक प्रथाद खाएर साउण्ड सिस्टम फोड्ने ,गालीगलौज सुरु गरेका थिए।यसै बिछ विवाद शुरु भएको हो।यस अघि २०७३ सालमा पनि अनेरास्ववियु(क्रान्तिकारी)का  विद्यार्थीहरुले मधेसी विद्यार्थीलाई कुटपिट गरेका थिए।पहाडी समुदायका विद्यार्थीहरुले जहिले पनि मधेसी समुदायको विद्यार्थीहरु जिस्काउने,होच्याउने ,गालिगलौज गर्ने गरेका छ्न।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments