22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedसमाजवादी विद्यार्थी युनियनले राहत बितरण गरे

समाजवादी विद्यार्थी युनियनले राहत बितरण गरे

धरान / समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानले विभिन्न जिल्लाबाट आएर अधययन गर्ने विद्यार्थीहरुलाई राहत बितरण गरेको छ।

लकडाउनमा परि विद्यार्थी बिजोग भएको भनेपछि समाजवादि पार्टी धरान उपमहानगर समिति  तथा युकेमा रहेका प्रज्ञा खापुङको सहयोगमा उपलब्ध भएको राहत ४५ जना विद्यार्थीलाई बितरण गरिएको कुरा समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानका इकाई अध्यक्ष उदिप लावतिले जानकारी दिएको छ। स्वबियु सभापति सागर चेम्जोङको अगुवाईमा संकलन भएको ३५० किलो चामल र ५० किलो दाल बिहिवार बितरण गरिएको हो। उक्त राहत प्रती विद्यार्थी २ बोरा चामल र ५ किलो दाल ४५ जना विद्यार्थीलाई बितरण गरिएको हो।पहाडी जिल्लाबाट महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सरकारले आकस्मिक रुपमा लकडाउन गरेपछि खाद्य अभाव भएका थिए।

विद्यार्थीहरुमा खाद्य अभाव भएपछि समाजवादी विद्यार्थीले गुहार मागेपछि  समाजवादी पार्टी धरान उपमहानगरमा आकस्मिक छलफलपछि राहत संकलन भएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments