धरान,१७ फागुन – समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान उपमहानगर समिति द्वारा आयाेजित एक कार्यक्रमले टंक तामाङकाे अध्यक्षतामा नेपाल सुकुम्बासी ब्यवस्थापन संघकाे १७ नं वडा कमिटी गठन गरेकाे छ ।
सात सदस्यीय नवगठित कमिटीमा अध्यक्ष तामाङ सहित उपाध्यक्षमा सक्ता बहादुर विश्वकर्मा सचिवमा रमेश भुजेल सदस्यहरुमा सम्झना राई,केदार कालिकाेटे,मनाेज तामाङ र दुर्गामान तामाङ रहेका छन् । संघका धरान उपमहानगर समितिका अध्यक्ष छत्रबहादुर कालिकाेटेकाे अध्यक्षता एवम् संघका केन्द्रीय ईन्चार्ज दिपक मेन्याङ्बाेकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रमा लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य कृष्ण लिम्बू, शिल्पी विशेष समिति १नं प्रदेश संयाेजक नरेश विश्वकर्मा, समाजवादी पार्टी धरान उपमहानगर समितिका सचिव हेमराज जिमी लगायतका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन संघका धरान उपमहानगर समितिका सचिव पूर्ण बान्तवाले गरेका थिए । साे कार्यक्रमलाई सम्बाेधन गर्दै संघका केन्द्रीय ईन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी दिपक मेन्याङ्बाेले राज्यले सुकुम्बासीलाई दाेस्राे दर्जाकाे नागरिकका रुपमा हेरेकाे बताउनु भयाे ।
