28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedसमाजसेवाको नाममा खुलेको संघ संस्थाले देखेनन गंगा दिदिभाईको  कष्ट(भिडियो सहित)

समाजसेवाको नाममा खुलेको संघ संस्थाले देखेनन गंगा दिदिभाईको  कष्ट(भिडियो सहित)

निमा पोङ्स्युवा

धरान/ समाजसेवाको नाममा च्याउसरी खुलेको संघ संस्थाले  धरान ८ सभागृह लाईन अरुण टोलका एक दलित परिवारका दिदी भाइको अवस्था १० वर्ष बितिसक्दा पनि नदेखिएको पाइयो।

https://youtu.be/bo9pB8ekZ0s

३३ वर्षे गंगा बिक र २९ वर्षको टेकबहादुर बिक बिगत १० वर्ष यता हात खुट्टा स्थिर नभै हल्लिने काप्ने बेथाले ग्रसित रहेको छ।कुनै पनि साहारा बिना हिड्डुल गर्न नसक्ने अवस्थामा एकै घरमा दुई दिदिभाईको नारकिय जीवन गुज्रीरहेको छ। अत्यन्तै दर्दनाक छ । दुवै दिदी भाइ हेर्दा स्वस्थ्य देखिन्छन् । उनीहरु बस्ने घरमा पानी परेको समयमा टिन चुहिएर धारो बर्सन्छ । उनीहरु सजिलै हिडडुल गर्न सक्दैनन् । उठेर हिडन घरको भित्ता, बार, खम्बा समाउनु पर्दछ । शरीर थर्रर काम्छ । यस्तो समस्या भएको ९/१० बर्ष जति भएको उनीहरु बताउँछन् । गरीबीका कारण भाइको स्वस्थ्य जाँँच भएपनि दिदीको जाँच हुन सकेकोे छैन् । स्वस्थ्य जाँचमा वंशानुगत गुण भएको डाक्टरले बताएको कुरा उनका भाउजू अनिता बिकले बताए । घरको भित्ता, बार, खम्बा समाउदै चर्पीसम्म पुग्छन् । उनीहरुकी आमाले अरुको घरमा काम गरेर पालनपोषण गरेकी छन् ।

गंगा बिकको धरान–१६ का रमेश बिश्वकर्मासँग विवाह भएको थियो । तर जब यो रोग देखापरेपछी छाडेर गएको गंगा बिक बताउछन।उनको दुई जना सन्तान समेत छन।१७ बर्षको छोरा काठमाण्डौंमा मोटरसाइकल ग्यारेजमा सिकारुका रुपमा  काम गरिरहेको बताउँछन् । १४ बर्षीय छोरी सरिता सहिद स्मृति मा. वि. धरान– ८ पढिरहेका छन। अहिले कक्षा ५ को परीक्षा दिएकी छिन् । उनले बार्षिक ४ सय रुपैयाँ दलित छात्रवृत्ति बाहेक कुनै पनि सुविधा विद्यालयबाट पनि पाउन नसकेको गुनासो उनको गंगाको भाउजुले बताए। सरकारी विद्यालय भएपनि अहिले विभिन्न प्रकारका शुल्क लिने गरेको गुनासो गरे। छोरी सरिता मावलीको आश्रयमा नै  बस्छिन ।

गंगालाई उनको श्रीमानले मेटासिट खुवाएर मार्ने योजना बनाएको बताए।तर उक्त मेटासिट म्याद सकिएको परेकोले उपचारपछि निको भएको बताए। अझ यो भन्दा कडा बीस ल्याएर मार्छु भनेर हिडेको श्रीमान अहिलेसम्म नआएको बताए। यति ठूलो अन्यायमा परेर पनि न्यायको ढोका ढक्ढकाइ दिने मान्छे नहुँदा बिश्वकर्माले माइती घरको पानी चुहिने झुपडीमा  पिडादायी जीवन बिताउन बाध्य छिन् । एउटा व्हील चियर भएपनि व्हील चियरमा हिडने ठाउँमा घर नभएकाले त्यस्को उपयोग गर्न सकिरहेको छैन।किनकी व्हिल चियर गुड्ने बाटो र घर नै छैन । अहिले उनीहरुका लागि निशुल्क स्वस्थ्य उपाचार, सहज आवसका साथै गंगा बिश्वकर्मालाई न्यायको समेत खाँचो देखिन्छ । स्थानीय नवीन रम्तेलको अगुवाईमा अपांग परिचयपत्र बनाईदिएर हाल मासिक ३ हजारको भरमा गुजारा चलिरहेको बताए । स्थानीय सरकार धरान उपमहानगरमा दलित बिकास समिति समेत रहेको अवस्थामा त्यस तर्फ ध्यान गएको पाइएन। यस्तै दलित समुदायको विभिन्न संघ संस्थाहरु भए पनि कुनै सहयोग पुगेको पाइएन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments