20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeसमाचारसमाज बिकासमा बिश्वकर्माको सक्रियता आवस्यक

समाज बिकासमा बिश्वकर्माको सक्रियता आवस्यक

आकाश मुखिया

धरान / प्रदेश १ का सांसद उमिता बराईलिले समाज बिकासको लागि बिश्वकर्मा समुदायको सक्रियता आवस्यक रहेको बताए।

सांसद बराईले सो कुरा बिश्वकर्मा कल्याण समाजको सेवा केन्द्रिय समितिको साधारण सभाको उद्घाटन सत्रमा भनेका हुन।धरानमा सम्पन्न २८ औ साधारण सभालाई संबोधन गर्दै प्रमुख अतिथी बराईले दलित आन्दोलनलाई जातीय संघसंस्थाले बिर्सन नुहुने कुरामा जोड पनि दिनुभएको थियो ।

सभाको खुला सत्रमा धरान–८का खड्गबहादुर सिन्च्युरी र धरान–१५ का भरत सिगौरेलाई ज्येष्ठ नागरिक सम्मान र २०७५ सालमा एस.इ.इ. उत्तीर्ण रोनिशा धमला, विवेक दर्नाल, विशाल विश्वकर्मा, आस्था विश्वकर्मा, करुणा विश्वकर्मा, रक्षा बराइली, गरिस्मा कालिकोटे, रेनिशा विश्वकर्मालाई पुरस्कार तथा सम्मान प्रदान गरिएका थिए।सो अवसरमा विश्वकर्मा समुदाय जीवन संस्कारका अनुष्ठान सम्पन्न गर्दैआएका संस्कारकर्मी पण्डितहरुलाई अझ सक्षम एवम् सबल बनाउन र संस्कारकर्ममा एकरूपता ल्याउन ब्राह्मण समाजसंगको सहकार्यमा २०७६ जेठ १५ र १६ गते आयोजना गरिएको वैदिक सनातन कर्मकाण्ड विषयक तालिमका २४ जना विश्वकर्मा पण्डितहरुलाइै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

वन्दसत्रमा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारितपछि निर्वाचन प्रक्रियाबाट अध्यक्ष लालबहादुर सिन्च्युरी, उपाध्यक्ष जुद्धबहादुर लोहनी, महासचिवमा घमानसिं बराइली, कोषाध्यक्षमा हिरालाल बराइली, सचिवमा सुमन गहतराज र सदस्यहरुमा संदीप शंकर,  लालबहादुर कोइराला, सागर रसाइली, लालन जनकर्मी, कला शंकर ल्वागुन र जीतबहादुर कालिकोटे रहेको ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।कार्यक्रममा विभिन्न संघसंस्थाहरुको आतिथ्य रहेको उक्त कार्यक्रम समितिका अध्यक्ष भीमबहादुर बराइली(केदार)को अध्यक्षतामा धरान–१ स्थित उद्योग वाणिज्य संघ सुनसरीको सभाहलमा सम्पन्न भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments