निमा पोङ्स्युवा
धरान /होप धरान मार्फत समाज सेवा गरिदै आएका समुहलाई कुनै परिधिले छेकेको छैन ।
शनिबार होप धरानले दुहबिको निसहाय बालबालिकालाई सहयोग उपलब्ध गराउदै होप धरानका निश्चल पलिखेले यस्तो प्रतिक्रिया दिएका हुन।उनले भने – `सेवा कुनै ठाँउ,परिधि भित्र मात्र सिमित हुदैन। समाज सेवाकै क्रममा धरान ,इटहरी हुँदै आज दुहबीको निसहाय बालबालिका आश्रममा होप धरानले केहि सहयोग प्रदान गरेको छौं उनले भने।´
शनिबार त्यहाँ स्थित निसहायमा करिब ८ हजार बराबरको खाद्यान्नहरु उपलब्ध गराएको कुरा पलिखेले जानकारी दिए।उनले भने – यो जटिल समयमा कोहि ब्यक्ति पनि भोकै नबसुन। सक्ने ले दिएर सहयोग गरौं,नसक्नेले लिएर सहयोग गरौं आउ सबैजना मिलेर मानवीय कर्म गरौं र मानवताको शहर बनाउदै सबैलाई प्रेरणा दिउँ ।हाल सो केन्द्रमा ७ जना पुरुष ८ जना जना महिला गरि १५ जना निसहाय रहेका छन।
सो सहयोग होप धरानको आयोजना, covid 19 action and awareness team .को विशेष सहयोगमा, HIPAMAT.COM & HIPAMAT TV को संयोजनमा र प्रभा अधिकारीलेको संयोजकत्वमा भएको पनि जानकारी दिएको हो।