28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedसमाधी स्थलमा डोजर लगाएको भन्दै ६ बुदे माग सहित बिरोध

समाधी स्थलमा डोजर लगाएको भन्दै ६ बुदे माग सहित बिरोध

निमा पोङ्स्युवा

धरान / तेह्रथुम जिल्ला फेदाप गाउँ पालिकामा लिम्बू समुदायको समाधी स्थलमा डोजर लगाएर बिकासको नाममा सांस्कृतिक बिनास गरेको भन्दै बिरोध जनाएको छ।

आदिवासी याक्थुङ (लिम्बू) समाधि स्थल
चिहान संरक्षण सङ्घर्ष समितिको संयोजक कपिल निङ्लेखुद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै जेठ २६ गते राति डोजर लगाएको भन्दै आदिवासी याक्थुङ लिम्बूहरूको चिहान नै मन्दिर हो । हिन्दु धर्मावलम्बीको मन्दिर भत्काउनु र याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु तात्त्विक भिन्नता नभएको थाहा पाउँदा पाउँदै गाउँ पालिकाको बजेटमा यस्तो कार्य हुनु खेदजनक कार्य भएको जानकारी गराउँदछौ भनिएको छ।सम्मानित सर्वोच्च अदालतले समेत यस्ता सांस्कृतिक स्थलहरू नभत्काउनु नमास्नु भन्ने फैसला गरिसकेको अवस्थामा र नेपालमा राष्ट्रिय कानुन सरह लागू भएको आईएलओ महासन्धि १६९ मा उल्लेखित आदिवासीहरूको अधिकार जल, जमिन, जङ्गल र जडीबुटी, एवम् संस्कृतिको संरक्षण गर्ने अधिकार रहेको थाहा हुँदा हुँदै हामी आदिवासी याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु भनेको निन्दनीय जातीय विभेदयुक्त एवम् एक जाति एक भाषा एक संस्कृति र एक धर्मको वर्चस्व एवम् हालीमुहाली भएको ठहर गरेका छौँ ज्ञापनपत्रमा उल्लेख छ।

१५ दिन भित्र जस्ताको तस्तै पुरुष भए ४ तला र महिला भए ३ तला डुङ्गाको चिहान एवम् कपुर थान भए कपुर थानको रूपमा जस्ताको तस्तै निर्माण गर्न अल्टिमेटम दिदै लिखित माफी नमागे र आइन्दा यस्तो कार्य नगर्ने प्रतिवद्धता नजनाए थप आन्दोलन गर्ने चेतावनीसमेत ज्ञापनपत्रमा उल्लेख छ।

पछिल्लो समयमा लिम्बू समुदायको ऐतिहासिक थातथलोमा बिकासको नाममा अतिक्रमण बढ्दै गएको छ।

ज्ञापन पत्रको पुर्णपाठ :

मिति  २०७७ । ०३ । ०३
गाउँपालिका अध्यक्ष ज्यू
फेदाप गाउँ पालिकाको कार्यालय, फेदाप तेह्रथुम ।

विषय  : ज्ञापन पत्रका सम्बन्धमा ।

मिति २०७७ । २ । २६ गतेका दिन रातीको समय पारी गाउँ पालिकोको बजेटमा याक्थुङ (लिम्बू) हरूको पोक्लाबाङ स्थित समाधि स्थल चिहान डोजर लगाइएको कुरा यहाँहरूलाई सर्वविदितै छ । आदिवासी याक्थुङ लिम्बूहरूको चिहान नै मन्दिर हो । हिन्दु धर्मावलम्बीको मन्दिर भत्काउनु र याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु तात्त्विक भिन्नता नभएको थाहा पाउँदा पाउँदै गाउँ पालिकाको बजेटमा यस्तो कार्य हुनु खेदजनक कार्य भएको जानकारी गराउँदछौ ।

विकासको नाममा कुनै समुदायको सांस्कृतिक विनाश गर्ने छुट कसैलाई छैन । सम्मानित सर्वोच्च अदालतले समेत यस्ता सांस्कृतिक स्थलहरू नभत्काउनु नमास्नु भन्ने फैसला गरिसकेको अवस्थामा र नेपालमा राष्ट्रिय कानुन सरह लागू भएको आईएलओ महासन्धि १६९ मा उल्लेखित आदिवासीहरूको अधिकार जल, जमिन, जङ्गल र जडीबुटी, एवम् संस्कृतिको संरक्षण गर्ने अधिकार रहेको थाहा हुँदा हुँदै हामी आदिवासी याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु भनेको निन्दनीय जातीय विभेदयुक्त एवम् एक जाति एक भाषा एक संस्कृति र एक धर्मको वर्चस्व एवम् हालीमुहाली भएको ठहर गरेका छौँ ।

अमेरिकामा काला जाति माथि दिन दहाडै हत्या गर्नु र नेपालमा आदिवासी याक्थुङ –लिम्बू) हरूको चिहान रातारात भत्काइनु दुवै साम्प्रदायिक निन्दनीय कार्य हुनका साथै मानव अधिकार विरुद्धका कार्य हुन् । नेपाल पक्ष राष्ट्र भएको आदिवासीहरूका अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्रको समेत ठाडो बर्खिलाप गर्दै चिहान भत्काउने कार्यले हामी आदिवासी याक्थुङ (लिम्बू) हरूको घोर अपमान भएको छ । यति मात्र होइन कि याक्थुङ मुन्धुम अनुसार याक्थुङ लिम्बूको भौतिक शरीर मरेर गए पनि आत्मा मर्दैन भन्ने हेक्का राख्नु पर्ने हो ।

यी जीवित आत्मा बस्ने घर नै चिहान भएकोमा यस्ता जीवित आत्मा माथि डोजर चल्नु आपत्तिजनक कार्य हो । यो मानव आत्मा माथिको नरसंहार हो । सांस्कृतिक रूपमा राज्यले गरेको हस्तक्षेप हो भन्ने बुझेका छौँ । यसर्थ यस्ता कार्य जो कोहीले गरेता पनि क्षम्य हुन सक्दैनन् । अर्को त नेपालको मौजुदा कानुनले समेत चिहान भत्काउने अधिकार कसैलाई छैन । यस्तो अवस्थामा भएको कानुनी अज्ञानता कुनै हालतले क्षम्य हुँदैन ।

यसका लागि मिति २०७७ । ०३ । १ भएको भेलाको निर्णय अनुसार तपसिल बमोजिमको मागहरू राखी ज्ञापन पत्र दिने भन्ने निर्णय भएकाले तपसिल बमोजिमको मागहरू राखी यो ज्ञापन पत्र दिएका छौँ । उक्त ज्ञापन पत्रलाई बेवास्ता गरेमा सङ्घर्ष समिति चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने जानकारी समेत गराउँदछौ ।

हाम्रा मागहरू :
१, आदिवासी याक्थुङ (लिम्बू) सांस्कृतिक स्थल चिहान सहरी विकास कार्यालयको लगानी र गाउँ पालिकाको समन्वयमा भत्काइएकोले गाउँ पालिका सरकारद्वारा आदिवासी याक्थुङ (लिम्बू) समुदायसँग लिखित माफी मागियोस् ।

२,भत्किएका चिहानलाई अविलम्ब १५ दिन भित्र जस्ताको तस्तै पुरुष भए ४ तला र महिला भए ३ तला डुङ्गाको चिहान एवम् कपुर थान भए कपुर थानको रूपमा जस्ताको तस्तै निर्माण गरियोस् ।

३,आदिवासी याक्थुङ (लिम्बू) हरूको मुन्धुम र विस्थापन अनुसार व्यक्तिको आत्मा नमर्ने भएकाले जीवित आत्मामाथि राज्यको डोजर लगाइएकाले डोजर लगाइएका चिहान पहिचान गरी सहिद घोषणा गरियोस् ।

४,सहिद घोषणा गरिएका आत्मासँग सम्बन्धित चिहान पहिचान गरी उनीहरूको सन्ततिलाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस् ।

५.आगामी दिनमा आदिवासी याक्थुङ लिम्बूको चिहान नभत्काइने लिखित प्रतिबद्धता गाउँपालिका सरकारबाट व्यक्त गरियोस् ।

६,आईएलओ महासन्धि १६९ र आदिवासीहरूको अधिकारकालागि संयुक्त राष्ट्र सङ्घीय बडापत्र कार्यान्वयनको लागि लिखित प्रतिबद्धता जाहेर गरियोस् ।

बोधार्थ :
१. प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय तेह्रथुम ।

संयोजक
(कपिल निङ्लेकु)
आदिवासी याक्थुङ (लिम्बू) समाधि स्थल
चिहान संरक्षण सङ्घर्ष समिति

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments