23.1 C
Kathmandu
Tuesday, September 26, 2023
Homeराजनीतिसरकारको प्रेस-स्वतन्त्रता माथि कुण्ठित गर्ने प्रकृया तीव्ररुपमा बढ्दै गएको छःशेरबहादुर देउवा

सरकारको प्रेस-स्वतन्त्रता माथि कुण्ठित गर्ने प्रकृया तीव्ररुपमा बढ्दै गएको छःशेरबहादुर देउवा


काठमाण्डौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीको मौका छोपेर सरकारले प्रेस स्वतन्त्रता माथि कुण्ठित गर्ने खतरा देखिएको बताउनु भएको छ।विश्व प्रेस-स्वतन्त्रता दिवसको अवसरमा आइतबार विज्ञप्ति निकालेर सभापति देउवाले सरकारका अभिव्यक्ति र व्यवहारमा प्रेस-स्वतन्त्रता कुण्ठित गर्न खोजेको उल्लेख गर्नु भएको छ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको मौका छोपेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको उहाँको तर्क छ।यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएको विज्ञप्तिमा भनिएको छ।प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरूद्ध अभिव्यक्ति दिने र दोष राख्ने भन्दै देउवाले प्रश्न समेत गर्नु भएको छ।वर्तमान सरकारले बारम्वार प्रेसविरूद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि उहाँको आग्रह छ।लकडाउनका बेला पनि सरकारले संचार माध्यम विरूद्ध दवाव र स्पष्टिकरण सोधेर सत्ता संक्रमण बढाएको सभपाति देउवाको आरोप छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments