16.1 C
Kathmandu
Monday, December 11, 2023
Homeराजनीतिसरकारले फेरी चौथोपटक पनि लकडाउनको समय-अवधि थप्यो/वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने/सीमा नाकामा...

सरकारले फेरी चौथोपटक पनि लकडाउनको समय-अवधि थप्यो/वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने/सीमा नाकामा थप कडाइ गर्ने


काठमाण्डौं-विश्व परिवेशलाईनै कोरोना भाइरसले यति बेला आतंकित बनाउदै आएको छ।सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै लकडाउनको समय-अवधि १२दिन बढाउने निर्णय गरेको छ।मंगलबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय-अवधि थप १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याएको हो।बैठकले १८ वैशाखसम्म सबै सीमानाका बन्द गर्ने निर्णय समेत गरेको छ।सरकारले पहिलो पटक चैत्र ११ गतेदेखि १८ गते सम्म लकडाउनको घोषणा गरेको थियो।त्सपछि पनि १ साता थपरे २६ चैत र फेरी तेस्रो पटक थप गरेर वैशाख ३ गतेसम्म पुर्‍याएको थियो।तेस्रो पटक थपिएको लकडाउनको समय-अवधि बुधबार सकिँदै छ।शुरुमा एक साताका लागि लकडाउन घोषणा गरिएता पनि संक्रमित भेटिने क्रम बढेपछि सरकारले बढाउँदै लगेको हो।साथै नेपालमा पनि कोरोना भाइरसका संक्रमित मानिसहरु भेटिन थालेपछि चौथो पटक पनि लकडाउनको समय-अवधि लम्ब्याउन सरकार बाध्य भएको हो।मंगलबारसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या १६ पुगेको छ।पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला नपरेकामा आइतबार एकै दिन ३ जना र सोमबार २ जना र मंगलबार २ नयाँ सङ्क्रमित थपिएका थिए।संक्रमित बढ्न थालेपछि सरकारले लकडाउनको समय अवधि पनि बढाउदै लगेको छ।यस अघि मंगलबार नै छिमेकी देश भारतले भने ३ मे सम्मको लागि लकडाउनको सयम-अवधि थप्ने निर्णय गरिसकेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments