काठमाण्डौं-सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको समय अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि पाँचाैं पटक-पटक थप गर्न सिफारिस गरेको थियो।समितिले १ देखि २ हप्तासम्म लकडाउन थप्न गरेको सिफारिसअनुसार सरकारले १० दिन लकडाउनको अविध थप गरेको हो।यस अघि थप गरेको अवधि सोमबार सकिदैछ।कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ।नेपालमा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सरकारले वैशाख ३१ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखको राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन्।सरकारले जारी लकडाउन वैशाख २५ गतेसम्म जारी राख्ने र आन्तरिक तथा बाह्य दुवै उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित मिति:आइतबार,वैशाख १४,२०७७