30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराजनीतिसरकारले लकडाउनको समयमा करदाताहरुलाई आगामी जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी सूचनाप्रति...

सरकारले लकडाउनको समयमा करदाताहरुलाई आगामी जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी सूचनाप्रति आपति/अमानवीय र गैरजिम्मेवारीपूर्ण सूचनालाई तत्काल सच्याउनु पर्ने:पूर्वमन्त्री एवं राप्रपानेता दिपक बोहरा

काठमाण्डौं-पूर्वमन्त्री एवं राप्रपाका नेता दिपक बोहराले लकडाउनको समयमा करदाताहरुले आगामी जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी सूचनालाई अमानवीय र गैरजिम्मेवारी भएको भन्दै आपति जनाएका छन्।बुधबार सामाजिक सञ्जाल मार्फत नेता बोहराले सरकारको उक्त सूचनालाई बाध्यात्मक र धम्कीपूर्ण भएको समेत बताएका छन।नेता बोहराले सामाजिक सञ्लमां लेखेका छन्‘लकडाउनका कारण व्यापार- व्यवसाय ७२ दिनदेखि ठप्प भएको उल्लेख गरेका छन्।तर सरकारले भने करदाताहरुले जेठ २५ भित्र कर तिर्नुपर्ने बाध्यात्मक र धम्कीपूर्ण सुचना दिएको भन्दै असनतुष्टि जनाएका छन्। सरकारको यो कदम अमानवीय गैरजिम्मेवार र व्यवसायको हित विपरीत भएको उनको तर्क छ।लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न,रोजगारी सिर्जना गर्न सरकार व्यवसायी मैत्री हुनुपर्ने भन्दै सरकारले अमानवीय र गैरजिम्मेवारीपूर्ण सूचनालाई तत्काल सच्याउन समेत अनुरोध गरेका छन्।

तर सरकारले भने लकडाउनले कर तिर्न समस्या हुने भएपछि पहिलोपटक वैशाख २५ गतेसम्मका लागि कर तिर्नुपर्ने मिति तय गरेको जनाएको छ।त्यसमा पनि संशोधन गर्दै जेठ २५ गतेसम्म कर तिर्नसक्ने गरी सरकारले दोस्रोपटक निर्णय गरेको थियो।मङ्गलबार सरकारले यसअघि कर तिर्नका लागि तोकिएको मिति करदातालाई स्मरण गराएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले जानकारी दिएका छन्।विभागले मङ्गलबार एक सूचना प्रकाशित गर्दै फागुन र चैतसम्मको अन्तशुल्क,आयकर,शिक्षा सेवा शुल्क र दूरसञ्चार सेवा शुल्कबापतको विवरण र त्यसअनुसारको कर जेठ २५ गतेभित्र दाखिला गर्न जानकारी गराएको छ।त्यस्तै फागुन चैतको मूल्य अभिवृद्धि कर विवरण,माघ र फागुनको द्विमासिक र मङ्सिरदेखि फागुनसम्मको चौमासिक कर विवरण र सो बमोजिमको कर दाखिला गर्न विभागले करदातालाई जानकारी समेत दिएको छ।विभागको उक्त सूचनापछि निजी क्षेत्रका प्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका छन्।लकडाउनको समयमा रकम अभाव भएको अवस्थामा समेत कर तिर्न बाध्य पार्नु गलत भएको उनीहरूको आरोप छ।यद्यपि सरकारले भने यो सूचना नयाँ नभई पुरानै सूचना भएको स्पष्ट पारेको छ। “यसको विरोध गर्नुपर्ने नै देख्दिनँ।यो पुरानै सूचना स्मरण गराएको मात्र हो,महानिर्देशक कुँवरको दावी छ।विभागले समयमै कर दाखिला गरेर थप दस्तुर तथा जरिवानाबाट बच्न करदातालाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति:बुधबार-जेठ-२१-२०७७

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments