29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियसरकारले लकडाउन प्रकृयालाई खुकुलो बनाउन ३ रणनीति बनाउन कार्यदल खडा

सरकारले लकडाउन प्रकृयालाई खुकुलो बनाउन ३ रणनीति बनाउन कार्यदल खडा


काठमाण्डौं-सरकारले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ। आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो। विश्‍व स्वास्थ्य संगठनले नेपाल अति उच्चजोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेकै दिन उच्चस्तरीय समन्वय समितिको बैठकले क्षेत्र विशेषमा लकडाउन खुकुलो तथा थप कडाइ गर्ने निर्णयमा पुगेको हो।लकडाउनको अवधि १ देखि २ सातासम्म बढाउन मन्त्रिपिरषद्लाई सिफारिस गरेको समितिले अबको लकडाउन ३ रणनीतिबाट अघि बढाउने तयारी गरेको छ।कोरोना संक्रमित देखिएर सबै निको भएको र लकडाउनपछि पनि भारतबाट नेपाल आएका जिल्ला,कोरोना संक्रमित नदेखिएका जिल्ला र कोरोना संक्रमित देखिएको जिल्ला विभाजन गरी लकडाउनको नीति तय गरिने जनाइएको छ।अबको लकडाउन मोडालिटी तय गर्न शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यदलसमेत खडा गरेको छ।मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठन गरिएको कार्यदलले मोडालिटी निर्माण गर्ने जनाएको छ।कार्यदलमा गृह सचिव,पर्यटन,अर्थ सचिवलगायत विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख सदस्यहरु समेत रहने छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments