धरान / निशाना छाप संशोधन गर्न संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता भैरहेको बेला बिना जानकारी संशोधन हालेको भन्दै सरिता गिरिलाई फिर्ता लिन निर्देशन गरेको छ।
जनता समाजवादी पार्टीले आफ्ना सांसद समेत रहेका सरिता गिरिले लिम्पियाधुरा सहितको निशाना छापको लागि संसदमा संशोधन दर्ता गराएको हो । सांसद गिरिले संशोधन हाल्नलाई पार्टीको संसदीय दल दलको निर्देशन बिना जेठ २८ गते संशोधन हालेको भन्दै फिर्ता गर्न निर्देशन गरेको छ।जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ-`संघीय संसदमा दर्ता भएका नेपालको संविधानको दोस्रो संसोधनमा तपाईंले संसदीय दलको निर्देशन बिना मिति २०७७/२/२८ गते संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिनहुन निर्देशन गरिन्छ।साथै निर्देशन पालना नगरिमा तपाईंलाई पार्टीले कार्वाही गर्न बाध्य हुने ब्यहोरा जानकारी गराईन्छ।´
सरिता गिरिले यसअघि ऋषि धमलाले संचालन गरेको जनता जान्न चाहन्छ भन्ने कार्यक्रममा समेत लिम्पियाधुरा नेपाल हो भनेर आफू स्वीकार गर्न नसक्ने भनेपछि थप विवादमा तानिएका हुन।गिरि यसअघि पनि पटकपटक विवादमा तानिदै आएका छ्न।
लिम्पियाधुरा स्वीकार गर्न नसक्ने भन्ने मात्र नभै संशोधन प्रस्ताव समेत हालेपछि गिरिको कारण पार्टी अप्ठ्यारोमा परेका हुन।मधेसवादी दल भनेर भनीरहदा र मधेसीलाई भारतीय हुन र दलाल समेत भनेर सामाजिक संजालमा बिरोध भैरहदा संशोधन हालेपछि प्रमाणित गरेजत्तिकै भएको छ।