20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियसर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन


काठमाडौँ । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ ।

ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उनको शुक्रबार असामयिक निधन भएको हो । उनका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उनको ब्रेन ह्मरेजको शल्यक्रिया एकहप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो ।

सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गरेकी उनी न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश थिइन्। उनकाभतिजका अनुसार आज उनको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

उनका दुई छोरा मलखलाल श्रेष्ठ र सितुलाल श्रेष्ठ छन्। जेठा छोरा मलखलाल जर्मनमा रहेको हुनाले आउन सक्ने सम्भावना हुन्छ कि भनेर एक दिन पर्खिए पनि आउन सम्भव नभएकाले अन्तिम संस्कार गर्न ढिला भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments