16.1 C
Kathmandu
Monday, December 11, 2023
Homeराष्ट्रियसलह कीरा नेपालमा समेत आउने सम्भावना

सलह कीरा नेपालमा समेत आउने सम्भावना

काठमाडौं । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेसँगै प्राविधिक समिति गठन गरेको छ।

यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए।

सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो । यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍या सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले चेतावनी दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments