
काठमाडौं । साइबर क्राइमको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको छ।
अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी समाजिक संजालमा लेखेको आरोपमा उनलाई वैशाख १० गते प्रहरीले पक्राउ गरेको थियो। उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो।