धरान / कोरोना भाइरस कोबिड १९ ले देश बिदेशमा मानबिय क्षतिसंगै छापा पत्रीकामा समेत असर परेको भन्दै प्रदेश १ बाट हाल प्रकाशन भैरहेको ११ वटा साहित्यिक पत्रीका संरक्षण सम्बर्द्धन गर्न माग गरिएको छ।
नेपाल साहित्यिक पत्रकार संघ प्रदेश १ का अध्यक्ष लम्जेल संघर्षशिलले आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै प्रदेश १ बाट प्रकाशीत हुँदै आएको साहित्यिक पत्रीकालाई प्रदेश सरकार तथा सथानिय सरकारले संरक्षण सम्बर्द्धन गर्न माग गरिएको छ।
बिज्ञप्तिमा प्रदेश १ बाट प्रकाशित भईरहेका सबै साहित्यिक पत्रपत्रिकाको संरक्षण, संबद्र्धनका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई विशेष कार्यक्रम ल्याउन ध्यानकर्षण गराउर्दछौं भन्दै हाल ११ वटा मासिक द्धैमासिक, त्रैमासिक साहित्यिक पत्रपत्रिका प्रदेश नं. १ बाट प्रकाशनरत रहेको समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौं भनिएको छ । त्यसैगरी सरोकारवाला पाठक तथा प्रतिष्ठानहरुमा समेत उत्तिकै सदभाव र सहयोगका लागि अपिल गर्दछौं भनिएको छ । यस जोखिमपूर्ण घडीमा सुरक्षित रही नागरिकलाई सुसुचित गर्ने कार्यमा क्रियाशील रहन पनि सञ्चार माध्यम, साहित्यिक एवम् श्रमजीवी पत्रकारहरुको दायित्व पनि हो भनिएको छ । यस्तो जोखिमको बाबजुद कार्य गर्ने सञ्चार माध्यम र पत्रकारका लागि विशेष राहत प्याकेज ल्याउन र विशेष विमाको व्यवश्था गर्न राज्य समक्ष जोडदार माग गर्दछौं भनिएको छ। यस्तो परिस्थितिमा स्वस्थ्य सामग्री खरिदमा भ्रष्टचार गर्नेलाई कढा कार्वाहीका लागि माग गरिएको छ । विपन्न परिवारलाई वितरण गरिने राहत सामग्री वास्तविक परिवारले मात्र सहज रुपमा पाउनुपर्ने बिग्यप्तिमा खबरदारी गरिएको छ ।
प्रेस विज्ञप्ति
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले विश्वलाई नै त्रासादीपूर्ण, भयावह र शोकाकुल बनाएको छ । यो अवश्थाले हाम्रो देशलाई पनि छोएको छ । विदेशमा रहेका धेरै नेपालीहरु संक्रमित भएका छन् । कतिपयको दुःखद निधन समेत भईसकेको छ । यो भयानक र अप्रत्यासित परिवेशमा हाम्री जति दुःखी भएतापनि संक्रमणबाट आफु बाँच्न र अरुलाई बचाउन संयम, सजग र सचेत हुनै पर्दछ । यसको सामना गर्न समेत हामी तयार हुनै पर्दछ । यस्तो परिस्थितिमा देशका सबै छापा समाचार माध्यमहरु ठप्प हुनु पनि स्वाभाविकै हो । अझ देशकै जेठो पत्रकारिता साहित्यिक पत्रकारिता (साहित्यिक पत्रपत्रिका) पनि ठप्प हुने नै भयो । अझ राज्यको समेत प्राथमिकतामा नपरेको साहित्यिक पत्रकारिता कोरोना संक्रमणका कारण उत्पन्न लक डाउनबाट प्रभावित भई प्रकाशन÷वितरण कार्यपूर्ण बन्द भएको छ । यो कार्य राज्यका सबै निकाय र सरोकारवाला सबै पक्षलाई अवागतै छ । कतिपय पत्रपत्रिका प्रकाशन भए लगत्तै लकडाउनका कारण कार्यलयमा नै थुप्रन पुगेका छन् । यसले अझ कठिन अवश्था सिर्जना गर्नका साथै आगामी दिनमा समेत संकट पैदा हुने निश्चित छ । यसलाई मध्यनजर राख्दै प्रदेश १ बाट प्रकाशित भईरहेका सबै साहित्यिक पत्रपत्रिकाको संरक्षण, संबद्र्धनका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई विशेष कार्यक्रम ल्याउन ध्यानकर्षण गराउर्दछौं । हाल ११ वटा मासिक द्धैमासिक, त्रैमासिक साहित्यिक पत्रपत्रिका प्रदेश नं. १ बाट प्रकाशनरत रहेको समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौं । सरोकारवाला पाठक तथा प्रतिष्ठानहरुमा समेत उत्तिकै सदभाव र सहयोगका लागि अपिल गर्दछौं । यस जोखिमपूर्ण घडीमा सुरक्षित रही नागरिकलाई सुसुचित गर्ने कार्यमा क्रियाशील रहन् सञ्चार माध्यम, साहित्यिक एवम् श्रमजीवी पत्रकारहरुको दायित्व पनि हो । यस्तो जोखिमको बाबजुद कार्य गर्ने सञ्चार माध्यम र पत्रकारका लागि विशेष राहत प्याकेज ल्याउन र विशेष विमाको व्यवश्था गर्न राज्य समक्ष जोडदार माग गर्दछौं साथै यस्तो परिस्थितिमा स्वस्थ्य सामग्री खरिदमा भ्रष्टचार गर्नेलाई कढा कार्वाहीका लागि माग गर्दछौं । विपन्न परिवारलाई वितरण गरिने राहत सामग्री वास्तविक परिवारले मात्र सहज रुपमा पाउन भन्ने आग्रह गदैछौं ।