23.1 C
Kathmandu
Tuesday, September 26, 2023
Homeराष्ट्रियसिंहदरबार अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डीएसपी घाइते

सिंहदरबार अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डीएसपी घाइते

काठमाडौ । स्वदेश फर्किन पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि बस्नेत घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

लकडाउन र हवाई उडान बन्द भएपछि नेपालमा रोकिएका चिनियाँ नागरिकहरू प्रदर्शनका लागि सिंहदरबारको पश्चिम गेट भद्रकालीमा पुगेका थिए ।

उनीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सिंहदरबार आसपासमा धर्ना तथा विरोध प्रदर्शन गर्न निषेध छ ।

त्यसक्रममा ३८ जनालाई पक्राउ गरी नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

एकदुई जना गर्दै त्यति ठूलो संख्यामा चिनियाँ नागरिक सिंहदरवारअगाडि पुगेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments