28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारसिकारु डाक्टरको कारण मृत्युदर वृद्धि 

सिकारु डाक्टरको कारण मृत्युदर वृद्धि 

धरान / बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा सिकारु डाक्टरको कारण मृत्युदर बढेको भन्दै अपरेसन थिएटरमा सिनियर डाक्टर हुनुपर्ने माग गरिएको छ।

हर्क साङ्पाङको समुहले बुधबार प्रतिष्ठानमा ज्ञापनपत्र बुझाउदै शल्यक्रिया जस्ता गम्भीर प्रकृतिका उपचार गराउन आउने बिरामी मध्ये कतिपय बिरामीहरुको अकालमा ज्यान जाने गरेको पाइएको छ ! सिकारु डाक्टरहरुका कारण यसो भएको बुझिएकोले Operation Theatre मा Senior Surgeon को सहभागिता अनिवार्य रहने व्यवस्था गरियोस् ! बिरामीको शरीरलाई परिक्षणको साधन नबनाइयोस् भन्दै ज्ञापनपत्र बुझाएको छ।

मिति: २०७६-१२-५

श्री उपकूल पति ज्यु

बि.पी.को.स्वा.वि.प्र. धरान

विषय: माग पुरा गरिपाऊँ भन्ने बारे

उपरोक्त सम्बन्धमा यस प्रतिष्ठान भित्र रहेका अनगिन्ति समस्याहरु मध्ये जनताले भोगिरहेका केही मुख्य समस्याहरुलाई औंलाएर प्रतिष्ठान-प्रशासनको ध्यानाकर्षण गराउन मिति २०७६-५-१२ पेश गरेको ज्ञापन पत्र उपर कुनै कारवाही नहुँदा पुन: ध्यानाकर्षण गराउन मिति २०७६-६-२७ मा आएर दोस्रो ज्ञापन पत्र बुझाएको तर यतिका दिनसम्ममा पनि प्रतिष्ठानको तर्फबाट कुनै सुधारकार्य नगरिएको यथार्थ प्रति खेद् प्रकट गर्दछौं ! यसरी महत्वपूर्ण पदमा बसेका जिम्मेवार व्यक्तिहरुले नै इमान्दारीका साथ काम नगर्नाले देश पछि परेको भन्ने बुझाउँदै नेपालको संबिधान २०७२ को धारा ३५ अनुसार स्वास्थ्य सम्बन्धि नागरीकको अधिकार प्रयोग गर्दै निम्न मागहरु सम्बोधन गरिदिन आग्रह गर्दछौं !

मागहरु:

१. शल्यक्रिया जस्ता गम्भीर प्रकृतिका उपचार गराउन आउने बिरामी मध्ये कतिपय बिरामीहरुको अकालमा ज्यान जाने गरेको पाइएको छ ! सिकारु डाक्टरहरुका कारण यसो भएको बुझिएकोले Operation Theatre मा Senior Surgeon को सहभागिता अनिवार्य रहने व्यवस्था गरियोस् ! बिरामीको शरीरलाई परिक्षणको साधन नबनाइयोस् !  

२. अनेक प्रपन्चमा फसेर विविध कारणहरु देखाई दुई बर्ष अधि देखि रोकिएको निर्माणाधीन प्रसुती तथा क्यान्सर उपचार-भवन अविलम्ब सुचारु गर्न आवश्यक सबै पहल गरियोस् ! दोषारोपणको खेलमा जनताको स्वास्थ्य सम्बन्धि अधिकार कुण्ठित नगरियोस् ! यस सम्बन्धि काम कहिले देखि सुचारु हुन्छ भन्ने जानकारी सार्बजानिक गरियोस् !

३. Ultrasound, Endoscopy, Operation जस्ता उपचार गराउँदा सामान्य पालो कुर्दा महिनौं लाग्ने तर पेयिङ्ग बाट गराउँदा २ – ३ दिन मात्रै लाग्ने व्यवस्थाले प्रतिष्ठानलाई Private Clinic जस्तो बनाएको छ ! यो बिषयमा विशेष ध्यान जावोस् ! पैसा नहुनेहरुको पहुँच भन्दा दिन दिनै बाहिर गइरहेको प्रतिष्ठानलाई आम जनताको सेवामा लगाइयोस् ! आम जनतालाई लक्ष्यित गरी पेयिङ् तर्फ भन्दा सामान्य तर्फ सेवा बढाइयोस् !

४. X-Ray, Ultra Sound, MRI जस्ता अति आवश्यक मेशिनहरु बिग्रिएर रहेको अवस्थामा छन् ! आवश्यक मर्मत सम्भार गरी जनतालाई अस्पताल भित्रै सहुलियत दरमा उपचार गराउने वातावरण बनाइयोस् !

५. ICU / CCU जस्ता गम्भीर प्रकृतिका उपचारका लागि बेडहरु अत्यान्तै कम भएकाले साथै पहुँचवाला ठुला बढाहरुका लागि मात्रै उपलब्ध गरिन्छ भन्ने जनगुनासो रहिआएकाले त्यस तर्फ अस्पताल प्रशासन गम्भीर ध्यानाकर्षण होस् ! पर्याप्त बेडहरु थपी सेवाको स्तर बढाइयोस् !

६. Emergency सेवामा डाक्टर र नर्सहरुको बोलि-व्यवहार अभद्र हुने गरेको जनगुनासो व्यापक छ ! शैलीगत शिष्टता अपनाइयोस् ! बिरामीका लागि मित्रवत बोलि-व्यवाहार गरी सहज वातावरण बनाइयोस् ! Emergency सेवा विभागमा पर्याप्त कोठा र जनशक्ति नभएर बिरामीहरु भुइँमा सुतेको तथा डाक्टरहरु पर्याप्त नभएर Immediate Response नभएको देखिन्छ ! जति सक्दो चाँडो सेवा थप्न आवश्यक पहल गरियोस् !

७. अस्पताल मैला र दुर्गन्धित देखिन्छ ! अस्पतालमा बस्दा स्वस्थ्य कुरुवा समेत बिरामी पर्ने गरेको भेटिएको छ ! यस प्रति गम्भीर चासो दिई सरसफाइमा बिशेष पहल गरियोस् ! शौचालय भित्र Urinal, Flush, Door-Latch, Mirror जस्ता आवश्यक सामाग्री नभएको वा टुटे फुटेको हुँदा अविलम्ब मर्मत सम्भार गरियोस् !

८. अस्पतालको Oxygen Plant System बिग्रिरहंदा आवश्यक Oxygen बाहिरबाट महँगो मूल्यमा ल्याउन पर्ने वाध्यताको अन्त्य गर्न यही अस्पतालको प्लान्टलाई मर्मत गरी सुचारु गरियोस् !

९. सरसामान तथा सवारी साधानहरु मात्रै नभई बच्चा समेत चोरि भएको सनसनी पूर्ण घटना प्रति प्रशासन गम्भीर नबनेको पाइयो ! यस बारे चासो गम्भीर भई सुरक्षा टोलिलाई बिशेष तालिम प्रशिक्षण र अनुगमनको व्यवस्था मिलाइयोस् !

१०. Dental Department मा आवश्यक उपचार सेवा, सामाग्री र साधनहरु बिग्रिएका देखिन्छन् ! यथा सम्भव उचित मर्मत गरी नभए नयाँ खरिद गरी सेवालाई सुचारु र दुरुस्त राखियोस् !

११. OPD को लाइनमा पालो मिचेर OPD-Card लिनेहरुमा अस्पतालकै कर्मचारी तथा सुरक्षाकर्मीहरु रहने भएकाले सर्वसाधरणलाई अन्याय परिरहेको छ ! घन्टौं लाइनमा उभिन गाह्रो हुने भएकोले बस्ने कुर्सीको व्यवस्था मिलाएर Token System लागु गरी First Come – First Serve को System लागु गरियोस् !

१२. अस्पतालको मातहातमा रहेको औषधालयमा आवश्यक औषधी तथा उपचार-सामग्रीहरु नपाइने हुँदा बाहिरका पसलहरुमा पठाइने गरिएको पाइन्छ ! यही अस्पतालको औषधालयमा आवश्यक सबै प्रकारका औषधी तथा उपचार-सामाग्रीहरु उपलब्ध गराई राजस्व बढाइने कार्य गरियोस् ! अस्पतालका कर्मचारीहरुले नै आफ्नो Commission का लागि नीजि व्यापारलाई जोड दिने सबै खाले क्रियाकलापहरु माथि रोक लगाइयोस् !

१३. बि.पी. परिसर भित्र रहेको १ नम्बर फुटबल मैदानमा स्थानीय खेलाडीहरुलाई खेल्न नदिनाले व्यवस्थापन प्रति स्थानीयहरु चिडिएका छन् ! अवान्छणीय व्यवहार नगरेको अवस्थासम्म स्थानीय खेलाडीहरुलाई पनि उक्त मैदानमा खेल्न दिइयोस् ! स्थानीय माथि गरिने यस्तो विभेद अविलम्ब हटाइयोस् !

हर्क साम्पाङ्

धरानबासीको तर्फबाट

सम्पर्क: 9819012372

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments