23.1 C
Kathmandu
Tuesday, September 26, 2023
Homeराष्ट्रियसिरहाका पाँच संक्रमित भारतको दिल्ली र हरियाणाबाट आएका

सिरहाका पाँच संक्रमित भारतको दिल्ली र हरियाणाबाट आएका


सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। भगवानपुर र नवराजपुर गाउँपालिकाको कवारेण्टाइनमा बसेका पाँच जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमतिको संख्या ६ पुगेको हो।

पछिल्लो पल्ट संक्रमण पुष्टि भएका भगवानपुरका चार जनालाई मंगलबार धनगढीमाई नगरपालिकास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार भगवानपुरका चार र नवराजपुरका एक गरी पाँच जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको जनाएको हो।

भगवानपुरका संक्रमण पुष्टि भएकाहरु २५/२५, २६ र २९ वर्षका छन्। संक्रमित चार जना २ जेठमा भारतको हरियाणाको गुडगाउँ र दिल्लीबाट आएको खुलेको स्वास्थ्य कार्यालय सिरहाले छ। संक्रमितहरु भगवानपुरको भगवानपुर र इनर्वाको क्वारेण्टाइनमा बसेका थिए।

नवराजपुरका १८ वर्षीय पुरुष पनि २ जेठमा भारतको गुडगाउँबाट आएर नवराजपुरको सोनवर्षास्थित क्वारेण्टाइनमा बसेका थिए। त्यसअघि ३ जेठमा सिरहको सखुवानन्कारकट्टीका ३० वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

गत २८ फागुनमा साउदीअरबबाट फर्किएका युवकमा संक्रमण पुष्टि भएपछि छपराढीस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।

रेल सेवा संचालन भएपछि भारतबाट फर्किएकाहरुको संख्या बढ्न थालेसँगै सिरहाका संस्थागत क्वारेण्टाइनमा बस्नेहरु एक हजार ३४ जना पुगेका छन्। स्वास्थ्य कार्यालय सिरहाका अनुसार मंगलबार साँझ ५ बजेसम्म जिल्लाका १७ ठाउँमा संचालित क्वारेण्टाइनमा भारतबाट फर्किएकाहरु एक हजार ३४ जना बसेका छन् भने दुई जना होम क्वारेण्टाइनमा छन्।

सिरहाको धनगढीमाई नगरपालिकास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा आठजना राखिएका छन् । आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

जिल्लामा मंगलबारसम्म एक हजार एक सय २८ जनाको स्वाबको नमूना लिई पिसिआर परीक्षण गरिएको मध्ये छ जना पोजिटिभ, सात सय १२ जनाको निगेटिभ र चार सय १० जनाको रिपोर्ट आउन बाँकी छ।

त्यस्तै, जिल्लाका विभिन्न ठाउँका क्वारेण्टाइनमा बसेका छ सय ८६ जनाको आरडटी जाँच गरिएकोमध्ये चार जना पोजिटिभ र छ सय ८२ जनाको रिपोर्ट निगेटिभ आएको छ। नयाँ पत्रीकाबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments