24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedसीमा विवादमा भारतले नेपाललाई अब वार्ताको प्रस्ताव नगर्ने

सीमा विवादमा भारतले नेपाललाई अब वार्ताको प्रस्ताव नगर्ने


काठमाडौं। सिमा विवाद समाधानका लागि भारतले नेपाललाई अब वार्ताको प्रस्ताव नगर्ने भएको छ । उसले भन्दै आएको वार्ताको वातावरण तयार गर्ने जिम्मा नेपाली पक्षलाई नै छाडिदिने भएको छ ।
आज द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा भारतले अब कुनै वार्ताको प्रस्ताव नगर्ने खबर प्रकाशन गरेको हो । विदेश मन्त्रालयको विश्वस्त स्रोतको भनाई उदृत गर्दै उसले काठमाडौंलाई वार्ताको परिस्थिति बनाउने गरी चुप लाग्ने उल्लेख गरेको छ ।

नेपालले नयाँ नक्शा जारी गरिसकेको अवस्थामा भारतले वार्ताका लागि बढेको पाइला निकालिसकेको भनिएको छ । यसलाई ओली सत्ताको जानीजानी उत्पन्न परिस्थिति भनेको छ । यसअघि द हिन्दुस्तान टाइम्सले विदेश मन्त्रालयको स्रोत उल्लेख गर्दै नयाँ नक्शा जारी गर्नु अघि भारतले विदेश सचिवस्तरीय कुराकानीको प्रस्ताव गरेको उल्लेख गरेको थियो । विदेश सचिवस्तरीय भ्रमणको समेत प्रस्ताव गरेको भनिएपनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत वर्षको कात्तिक देखि सिमा विवादको विषयमा वार्ताको प्रस्ताव गर्दा बेवास्ता भएको खुलाएका थिए ।

यसैगरी, नेपाल र भारतबीच सिमा विवादका कारण उत्पन्न परिस्थितिबारे कँग्रेस आईका नेता डा. करण सिंहले मुख खोलेका छन् । उनले यसलाई गम्भीर कुटनीतिक भुल भनेका छन् । नेपाल र भारत दुवै नेतृत्वबाट भुल भएको भन्दै सिंहले यसको नतिजा नेपाल र नेपाली जनताको अनुकुल नहुने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

हिजो एक विज्ञप्तिमार्फत नेपालसँग राजनीतिक मात्र नभई पारिवारिक सम्बन्ध समेत रहेका ८९ वर्षीय सिंहले तत्काल विभिन्न तहमा वार्ता गर्नुपर्नेमा नगरेको भन्दै आफ्नै देशको सरकारको आलोचना समेत गरेका छन् । उनले भनेका छन्, हामीले तत्काल विदेश सचिवस्तरीय कुराकानी गर्नुपथ्र्यो, यदि आवश्यक परेको खण्डमा विदेशमन्त्री वा प्रधानमन्त्री तहमा सम्म कुराकानी गर्नुपथ्र्यो । प्रत्यक्षरुपमा यो गम्भीर कुटनीतिक भुलका रुपमा देखियो ।

नेपालले गत वर्षको नोभेम्बरमा यो विषय उठाएको स्मरण गराउँदै आश्चर्यजनक ढंगबाट भारतले गम्भीरतापूर्वक नलिएको विज्ञप्तिमा भनेका छन् । अवस्थालाई धेरै बिग्रन दिननहुनेमा त्रुटी हुँदै गएको सिहले उल्लेख गरेका छन् । सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अप्ठ्यारो अवस्थामा लगेको भन्दै गहिरो दुःख प्रकट गरेका छन् । दुई देशबीच स्थापित सामाजिक, सास्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद ओलीले टकरावको अवस्थामा पुर्याएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको कदमबारे उल्लेख गर्दै उनले भनेका छन्, यसले भारतलाई प्रभावित पार्न सक्ला या नसक्ला । मलाई डर छ कि यसको परिणाम नेपाल र सुन्दर देशको जनताको अनुकुल नहुन सक्छ ।

स्मरणीय रहोस् डा. करण सिंह काश्मिरका अन्तिम राजा हरिहर सिंहका छोरा हुन् । काश्मिरका पूर्व राजकुमार सिंहले नेपालका पूर्व प्रधानमन्त्री मोहन शमशेरकी नातिनी यशो राज्यलक्ष्मी हुन् । उनको निधन भइसकेको छ । सिंह २०६२६३ को जनआन्दोलनताका तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको दुत बनेर राजा ज्ञानेन्द्र शाहलाई सन्देश सहित भेट्न आएका थिए । सिहले राजसंस्था बचाउन पहल गरेको चर्चा त्यतिबेला चलेको थियो । तर, जनआन्दोलनको लहरले राजसंस्था अन्तको ढोका खोलेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments