22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeसमाचारसुच्चा राईको रक्तदानमा ७२ पिन्ट रगत

सुच्चा राईको रक्तदानमा ७२ पिन्ट रगत

धरान /सुच्चा राईको रक्तदानमा ७२ पिन्ट संकलन
सुच्चा राई कल्याणकारी समाजको १९ औ स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा जम्मा पिन्ट ७२ रगत संकलन भएको छ।

धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा सनिबार गरिएको कार्यक्रम प्रदेश सांसद सौभाग्यवति राईको  प्रमुख आतिथ्यमा भएको हो।रक्तदान कार्यक्रमको बिशिस्ट अतिथिमा धरान उपमहानगरपालिकाका मेयर तिल राईको उपस्थिति थियो प्रदेश सांसद बिना राई लगायतको अतिथी रहेका थिए। मेयर तिलक राईले धरानबासी समाज र समृद्धिको लागि कुनै न कुनै भुमिकामा लागिपरेको बताए।उनले जीवन मरनको दोसाँधमा हुँदा रगत आवस्यकता पर्ने भएकोले रक्तदान पुण्य काम भएको बताए।संघसंस्था संगठनले दिने टेवा अन्तरगत सुच्चा राई कल्याणकारी समाजले आफ्नो भुमिका र कर्तव्य पूरा गरेको बताए ।सुच्चा कल्याणकारी समाजलाई धरान उपमहानगरपालिकाले के गर्नुपर्ने हो त्यो गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्द रहेको बताए।

२०५६ सालमा स्थापना भएको सुच्चा राई कल्याणकारी समाजले २०७० सालदेखि आफ्नो स्थापनाको अवसरमा निरन्तर रक्तदान गरुरहेको कुरा समाजका केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राईले जानकारी दिए।बान्तवा अन्तर्गतको सुच्चा पाछा रहेको बताए । सुच्चा पाछा देश बिदेशमा गरि करिब १२ देखि १५ जनसंख्या रहेको बताए।यस संस्थाको इलाम भोजपुर काठमाडौ सुनसरीमा जिल्ला कार्य समिति रहेको छ।सुनसरी जिल्लामा धरान,तरहरा इटहरी सहित गरि दुई हजार पाँचसम्म सुच्चा राई रहेको जानकारी अध्यक्ष बिनोद राइले दिए।तर यो जनसंख्या भने नेपालको जनगणनामा छुट्टै रुपमा छैन ।हाल समाजको केन्द्र र जिल्लामा १५ जनाको कार्यसमिति रहेका छन भने सुनसरी जिल्ला अन्य जिल्ला भन्दा बढी कृयाशिल रहेकोे राईले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments