26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedसुजाता पाण्डेको "तिमी भएर"

सुजाता पाण्डेको “तिमी भएर”

सुजाता पाण्डेले आफ्नो नयाँ गीत “तिमी भएर”को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन ।आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्ने सुजाताले यसपटक रोमान्टिक भर्सनको तिमी भएर गीत सार्वजनिक गरेकी हुन् । यसघि आधुनिक र फिल्मका गीतमा समेत आफ्नो स्वर दिसकेकी गायिका पाण्डेले यसपटक गायक कमल खत्री सँग युगल गीत गायिकी हुन् । यस गीतमा शब्द र संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतको संगीत संयोजन बाबु प्रधानले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा नायिका तथा मोडेल वर्षा सिवाकोटी र मोडेल सुशान्त सिंह ठकुरीको अभिनय रहेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् । जय शर्मा सहायक निर्देशक रहेको म्युजिक भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।ओ एस आर डिजिटलको च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments