22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियसुतिरहेको अवस्थामा महिलामाथी जवरजस्ती करणी गर्ने प्रयास

सुतिरहेको अवस्थामा महिलामाथी जवरजस्ती करणी गर्ने प्रयास

रसुवा । रसुवामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३६ वर्षीय छोवाङ नाम्गेल घले रहेका छन्। 

उनले एक जना महिलालाई राति सुतिरहेको अवस्थामा जवरजस्ती करणी प्रयास गरेका थिए। घटना भए लगत्तै महिलाको श्रीमानले उनलाई लखेटेका थिए। त्यसपछि उनी आफैं सुरक्षाको माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय रसुवा पुगेका थिए।  

बुधबार बिहान पीडितले कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपछि उनी कार्यालयबाटै पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई जिल्ला अदालत रसुवाबाट करणी सम्बन्धी कसुर पहिलो पटक १५ दिनको म्याद थपेर हिरासत राखिएको छ। उक्त मुद्दाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments