25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारसुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो ।सोमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ घटेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments