सुनको मूल्य तोलामै २ सय रूपैयाँले बढेको छ । मंगलबार ९१ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य बुधबार ९१ हजार १ सय रूपैयाँ कायम भएको छ। मंगलबार तेजाबी सुन तोलाको ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलको ५ रूपैयाँ घटेको छ । मंगलबार १ हजार १५० रूपैयाँमा किनबेच भएको चाँदी बुधबार तोलको १ हजार १४५ रूपैयाँ कायम भएको छ ।