22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराजनीतिसुरेन्द्र यादव अपहरण गर्नेलाई कार्वाहीको माग

सुरेन्द्र यादव अपहरण गर्नेलाई कार्वाहीको माग

धरान / पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादबलाई अपहरण शैलिमा काठमाडौ पुर्‍याउने सर्बेन्द्र खनाल महेश बस्नेत किसान श्रेष्ठलाई कार्वाहीको माग गरिएको छ।

जनता समाजवादी पार्टीका युबा भातृ संगठन समाजवादी युबा संघले बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै पुर्व आई.जी.पी र नेकपा सांसदद्दय महेश बस्नेत र किसान श्रेष्ठलाई तुरून्त पक्राउ गरि अपहरण तथा शरीर बन्धक सम्बन्धी दफा २११ बमोजिम कार्वाही गर्नुहुन सरकार तथा गृह मंत्रालयसंग जोडदार माग गर्दछौ भनिएको छ।साथै मा.डा.सुरेन्द्र यादवको अपहरणमा संलग्नहरू बिरूद्द अपहरण र शरीर बन्धक मुद्दा दर्ताको लागि जाहेरी प्रहरी प्रशासनले नलिएको प्रति समाजबादी युवा संघ प्रदेश नं १ को गम्भीर ध्यान आकर्षण भएको समेतको बिज्ञप्तिमा उल्लेख छ।बुधबार जारी गरिएको प्रेस बिज्ञप्तिमा समाजवादी युबा संघ प्रदेश १ का अध्यक्ष श्री सुब्बा र मुख्यसचिव पवन बिष्टले हस्ताक्षर गरिएको छ।

बिज्ञप्ति
  मिति २०७७ बैशाख १० गते बुधबार समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा मोहत्तरीबाट निर्वाचित सांसद मा.डा.सुरेन्द्र यादबलाई समाजबादी पार्टी फुटाउने उद्देश्यले नेकपाका सांसदद्दय मा.महेश बस्नेत,मा.किसान श्रेष्ठ र नेपाल प्रहरीका प्रमुख महानिरीक्षक सर्वेन्द्रनाथ खनालले अपहरणको शैलीमा मा.डा. सुरेन्द्र यादवको घरबाटै उठाएर काठमाडौं ल्याएको घटनाप्रति समाजबादी युवा संघ गम्भिर खेद प्रकट गर्दछ।
                                   मा.डा.सुरेन्द्र यादवको अपहरणमा संलग्नहरू बिरूद्द अपहरण र शरीर बन्धक मुद्दा दर्ताको लागि जाहेरी प्रहरी प्रशासनले नलिएको प्रति समाजबादी युवा संघ प्रदेश नं १ को गम्भीर ध्यान आकर्षण भएको छ।मा. डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा उनको निजी निवासबाट रातारात बन्दबन्दीको समयमा काठमाडौं ल्याउने पुर्व आई.जी.पी र नेकपा सांसदद्दय मा.महेश बस्नेत र मा. किसान श्रेष्ठलाई तुरून्त पक्राउ गरि अपहरण तथा शरीर बन्धक सम्बन्धी दफा २११ बमोजिम कार्वाही गर्नुहुन सरकार तथा गृह मंत्रालयसंग जोडदार माग गर्दछौ।साथै यदि ओली सरकारले हाम्रो न्याय संगत मागलाई बेवास्था गरेमा न्याय र लोकतन्त्र रक्षाको लागि समाजबादी युवा संघ प्रदेश नं १ जुनै मुल्य पनि चुकाउन तयार रहेको जानकारी गराउदछौ।
                                    जय मातृभूमि..।।।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments