22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedसोनम लोसरमा  १५ दिने महोत्सव(भिडियो सहित)

सोनम लोसरमा  १५ दिने महोत्सव(भिडियो सहित)

धरान / २८५६ सोनाम लोसरको अवसरमा धरानमा १५ दिने सोनाम लोछर सांस्कृतिक पर्यटन  महोत्सव २०७६ हुने भएको छ।

महोत्सव बारे नेपाल तामाङ घेदुङ संघले आईतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। यस बर्ष सुँगुर वर्षलाई (फग लो)लाई बिदा गरेर च्याक फलाम – फो पुरुष – चिवा मुसा वर्ष शुरु हुँदैछ।महोत्सव माघ ११ गतेदेखि २६ गतेसम्म हुने जानकारी दिएको छ।सो अवसरमा सांगीतिक,सांस्कृतिक,मनोरञ्जनात्मक,जातिय परिकार खानपिन सहित खेलहरु हुने जानकारी दिएको छ।

यस नेपाल भ्रमण वर्ष समेत भएकोले त्यसलाई पनि टेवा पुग्ने हिसाबले लोसर उत्सब मनाउने तयारी गरेको कुरा ङाग्युर ङिङ्मा गुम्बाका अध्यक्ष लोकबहादुर थिङ्ले जानकारी दिएको छ।सँधा गुम्बाले आयोजना गरिने लोसर उत्सब यस वर्ष नेपाल तामाङ घेदुङ नगर समिति सहितको आयोजनामा हुने कुरा घेदुङ नगर समिति अध्यक्ष प्रेम वाईबाले जानकारी दिएको हो।

यस वर्षदेखि मुसा वर्ग शुरु हुने भएकोले देशमा खडेरी महाप्रलय कम हुने कुरा लामा राजेन्द्र स्याङ्बोले जनाए।२८५६ सोनाम लोसर चन्द्र पात्रो खगोल शास्र अनुसार मनाईने बताए।सोनम लोसर सबै कृषि खेती गर्ने समुदायले मान्ने भएकोले यो जाडोको अन्तिम तथा वसन्त रितुको आगमनमा मनाईने राजेन्द्र स्याङ्बोले जनाए।यस वर्ष धरानका २० वटै वडाबाट संयुक्त रुपमा लोसर मनाउने तयारी भएको जनाए।जस्का लागि लोसरमा गरिने सबै धार्मिक अनुष्ठान शुरु गरिएको जानकारी दिए।उनले लोसरमा गरिने विधि कार्य समेत प्रशिक्षण दिइरहेको बताए।जस्का लागि धरानबाट मात्र नभएर धरान बाहिर कालाबन्जारबाट समेत यस बिषयमा सिक्न गुम्बामा आएको कुरा लामा राजेन्द्रले बताए।

लोसरमा मुख्य तीन दिन महत्त्वपूर्ण हुनेछ।कृष्ण पक्षको चतुर्दशी जस्लाई गिदोङ भनिन्छ।यो दिन नौ थरी अन्न लगायत परिकार मोसाएर बनाएको परिकार हुन्छ जस्लाई `गुथुक´भनिन्छ त्यो खाईन्छ।त्यस्को भोलिपल्ट औसिमा जाँड सहित डिम्मा सातु खाने चलन छ।र नयाँ वर्षको पहिले दिन परेवा तिथिमा आशिर्वाद लिने गरिन्छ।यो क्रम पुर्णिामासम्म रहन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments