ॠषभ खतिवडा, एनपी टिभी संवाददाता । कोरोनाको जोखिम नेपालमा कम नभएपछि सरकारले लकडाउन खुकुलो त बनाएको छ खुल्ला भने गरेको छैन । कोरोनाका कारण लामो समय घरमै सामाजिक दुरी कायम गरि बस्नु परेपछि धेरै नेपालीले एक्लोपन महसुस गरेका छन । विभिन्न समयमा डिप्रेसनका रोगीहरु बढेको खबर सुन्नमा आइरहेको छ ।
यस्तो समयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सोम्टियु” ( स्कुल अफ म्यानेजमेन्ट) एम.बि.ए एमिटी सेक्सनका विद्यार्थीहरुले भने आफ्नो समय रचनात्मक तथा मनोरञ्जनात्मक कार्यमा लगाएका छन । विभिन्न जिल्लामा आफ्नो घरमा बसेका बिद्यार्थीहरुले इन्टरनेटको माध्यम लाई प्रयोग पोखरा, चितवन, विराटनगर, काठमाडौ लगायतका जिल्लाबाट नेपाली गीत लप्पन-छप्पनको कोरोनासंग सम्बन्धित प्यारोडी गीत युटुवमा सार्वजनिक गरेका छन्। भिडियोमा शब्द/अवधारणा: सुबिन अधिकारी, स्वर: प्रयत्न ढकाल, सम्पादक: अनिश ढकालको रहेको छ।
विद्यार्थीहरु प्रयत्न ढकाल, आभास सुवेदी, समरीता तिवारी, अस्मिता पौडेल, सौगात धिताल, सुबिन अधिकारी, अभिषेख गौतम, बिन्जु कार्की, उरुषा दाहाल, निभा रञ्जित, एलिना शाक्य, शृणा मरासिनी, श्रृङखला राई, सागर आचार्य, विप्लव चौधरी, पुजा पुडासैनी, प्रज्ञा विस्ट, प्रतिमा गिरि, सिलिमा गुरुङ, आकृति भट्टराई, प्रज्वल दाहाल, प्रकृति पङेनी, असिम पौडेल र मजिला त्रिपाठि गरि २५ जनाको टिमले आ-आफ्नो भुमिका निर्वाहा गरि सो प्यारोडी भिडियो बनाएका हुन ।
विद्यार्थीहरु भन्छन्,”घरमा पढाई सङ्गसंगै यसरी मनोरञ्जनात्मक क्रियाकलापमा सम्लग्न हुँदा समयको उचित सदुपयोग हुनका साथै नयाँ कुरा सिकिन्छ ।” साथै विद्यार्थीहरुका लागि लकडाउन सिक्ने र सिकाउने सुनौलो अवसर हो भन्ने बताएका छन् । भौतिक रुपमा एक-अर्का संग टाढा भए पनि मनोरञ्जनात्मक तथा रचनात्मक कार्यमा उनिहरु संगै संलग्न छन ।