26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियस्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण

स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण


काठमाडौं । बेलायतको जनस्वास्थ्य विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ ।

सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो ।

यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो ।

बेलायतको स्वास्थ्य विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए ।

कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ ।

प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताए ।

किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments